१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सशस्त्र प्रहरी मुख्यालयमा पहिलो पटक पानी प्रशोधन स्थलको निर्माण 

अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको हाताभित्र पहिलो पटक पानी प्रशोधन स्थलको निर्माण गरी प्रयोगमा ल्याइएको छ ।

नवनिर्मित पानी प्रशोधन तथा वितरण स्थलको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मंगलबार उद्घाटन गरेका हुन् । 

यस भन्दा अगाडी प्लास्टिकका बोतल तथा जार खरिद गरी आपूर्ति गरिँदै आएको पिउने पानीलाई निरुत्साहित गर्दै पिउने पानीको गुणस्तरमा शुद्धता एवं

विश्वसनीयता र खर्चमा मितव्ययिता कायम गर्ने अभिप्रायले मुख्यालयमा पहिलो पटक प्रशोधन स्थलको निर्माण गरी प्रयोगमा ल्याइएको हो ।

मुख्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई शुद्ध पिउने पानीको व्यवस्था मिलाउने उद्देश्यले सञ्चालनमा ल्याइएको नवनिर्मित वाटर ट्रिटमेन्ट प्लान्ट विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसारको शुद्ध पिउने पानी प्रशोधन गर्नेछ ।

प्रति घण्टा १५ सय देखि २ हजार लिटरसम्म पानी शुद्ध पार्ने क्षमता रहेको वाटर ट्रिटमेन्ट प्लान्टको मासिक रूपमा दक्ष प्राविधिकबाट जाँच गर्नुकासाथै विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार भए नभएको भनी त्रैमासिक रूपमा उच्चस्तरीय प्रयोगशालामा समेत परीक्षण गराउने व्यवस्था मिलाइएको छ ।

मुख्यालय भित्र वाटर डिस्पेन्सर, आवश्यकता अनुसार जार तथा जार सफा गर्ने मेसिनको समेत व्यवस्था गरिएको छ । अवोप्रान्त सशस्त्र प्रहरी बल नेपालको

मुख्यालयमा बाह्य रूपमा पानी खरिद नगरिने भएको छ ।

यसअघि सशस्त्र प्रहरी बल नेपालको सम्पूर्ण इकाईहरूमा प्लाष्टिकजन्य वस्तु निषेध गर्ने, केही प्लाष्टिकजन्य सामानको प्रयोग कम गर्दै लैजाने लक्ष्य अनुरूप वातावरण संरक्षण र सशस्त्र प्रहरी कर्मचारीहरूमा सचेतना अभिवृद्धि गराई प्लाष्टिजन्य बस्तुको Reduce, Reuse, and Recycle अभि गर्ने नीति लिएको छ ।

प्रतिक्रिया दिनुहोस