८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धार्मिक, सामाजिक, सांस्कृतिक सहअस्तित्व र सद्भाव राख्न गगन थापाको अपिल

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले धार्मिक, सामाजिक तथा सांस्कृतिक सहअस्तित्व, सहिष्णुता र सद्भाव कायम गर्न अपिल गरेका छन्।

बुधबार विज्ञप्ति जारी गर्दै थापाले सद्भाव कायम गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आह्वानसमेत गरेका छन्।

‘हामीहरूको धार्मिक आस्था फरक होला, पाठ गर्ने धार्मिक ग्रन्थ फरक होलान्, प्रार्थना गर्ने मन्त्र फरक होला। तर आफ्नो धर्म, आस्था र प्रार्थना एउटै छ। त्यो हो-मानवतावाद, शान्ति र धार्मिक तथा सांस्कृतिक सहिष्णुता, सद्भाव तथा सहअस्तित्व। विश्व शान्तिका प्रतीक भगवान् गौतम बुद्धको जन्मभूमि तथा शान्तिभूमि नेपालबाट हामीले विश्वलाई शान्ति, सहिष्णुता, सद्भाव र सहअस्तित्वको सन्देश प्रवाह गर्दै आएका छौँ र यो गौरवमय पहिचान र परम्परालाई हामीले कायम राख्नुपर्छ,’ थापाले भनेका छन्।

यस्तो छ अपिल :

धार्मिक, सामाजिक तथा सांस्कृतिक सहअस्तित्व र सद्भाव कायम राख्न हार्दिक अपिल विगत केही समयदेखि देशका विभिन्न भागमा धार्मिक, सामाजिक, सांस्कृतिक तथा जातीय सहअस्तित्व, सहिष्णुता तथा सद्भाव भड्काउने खालका अवाञ्छित र रहस्यमय गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको छ।

धार्मिक, सामाजिक, सांस्कृतिक तथा जातीय सहअस्तित्व, सहिष्णुता तथा सद्भाव भड्काएर सामाजिक विद्वेष तथा घृणा फैलाउने कुत्सित अभिस्टले सामाजिक सञ्जालमा भ्रामक, कपोलकल्पित, उत्तेजक र द्वेषपूर्ण विचार व्यक्त गरेको कारणले हिजोदेखि नेपालगञ्जमा कर्फ्यु जारी गर्नु परेको छ, जुन गम्भीर चिन्ताको विषय हो। हाम्रो देश नेपाल बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय तथा बहुभाषिक राष्ट्र हो।

आफ्नो धार्मिक तथा सांस्कृतिक आस्था अनुसार धर्म र संस्कृति अनुसरण तथा अभ्यास गर्ने स्वतन्त्रता हरेक नेपाली नागरिकलाई छ। यो मौलिक अधिकारलाई नेपालको संविधानले समेत पूर्ण प्रत्याभूति गरेको छ। हामीहरूको धार्मिक आस्था फरक होला, पाठ गर्ने धार्मिक ग्रन्थ फरक होलान्, प्रार्थना गर्ने मन्त्र फरक होला। तर आफ्नो धर्म, आस्था र प्रार्थना एउटै छ। त्यो हो-मानवतावाद, शान्ति र धार्मिक तथा सांस्कृतिक सहिष्णुता, सद्भाव तथा सहअस्तित्व। विश्व शान्तिका प्रतीक भगवान् गौतम बुद्धको जन्मभूमि तथा शान्तिभूमि नेपालबाट हामीले विश्वलाई शान्ति, सहिष्णुता, सद्भाव र सहअस्तित्वको सन्देश प्रवाह गर्दै आएका छौँ र यो गौरवमय पहिचान र परम्परालाई हामीले कायम राख्नुपर्छ।

त्यसैले हाम्रो देश नेपाल र हामी नेपालीको मौलिक र गौरवमय पहिचान, परम्परा र स्वभाव विपरीत धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भाव भड्काउने अवाञ्छित क्रियाकलापप्रति सचेत हुँदै शान्ति, सहिष्णुता तथा सहअस्तित्वको सन्देश प्रवाह गर्न सबै धार्मिक, सांस्कृतिक तथा जातीय समुदायप्रति विनम्रतापूर्वक हार्दिक अपिल गर्दछु। साथै समाजमा धार्मिक, सामाजिक तथा सांस्कृतिक सहअस्तित्व, सहिष्णुता र सद्भाव कायम गर्न नेतृत्वदायी तथा उदाहरणीय भूमिका निर्वाह गर्न नेपाली काँग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता तथा सदस्यहरूलाई हार्दिक आह्वान गर्दछु।

यसैगरी धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भाव, सहिष्णुता तथा सहअस्तित्व कायम गरी समाजमा अविलम्ब शान्ति र सुव्यवस्था बहाल गर्न सरकारसँग आग्रह गर्दछु। धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भाव, सहिष्णुता तथा सहअस्तित्वमा प्रतिकूल प्रभाव पर्ने विचार, सामग्री, फोटो, भिडियो पोस्ट नगर्न सम्पूर्ण सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई हार्दिक अपिल गर्दछु। यदि हिंसा भड्काउने तथा सामाजिक विद्वेष फैलाउने अभीष्टले सामाजिक सञ्जालमा भ्रामक, कपोलकल्पित, उत्तेजक र द्वेषपूर्ण विचार व्यक्त गरेमा त्यस्तो षड्यन्त्रप्रति उत्तेजित नहुन तथा स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई खबर गरी सहयोग गर्न पनि सविनय अनुरोध गर्दछु।

-गगन थापा

प्रतिक्रिया दिनुहोस