४ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालय र क्याम्पसका बस दसैँमा प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको पूर्वाधार समितिले दसैँका बेला विद्यालय र क्याम्पसका बस खाली हुने भएकाले त्यसमा सरकारले आवश्यक सहयोग गरी मुख्य सहरबाट विद्यार्थी र अभिभावकलाई गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

विशेषतः त्यस्ता बसमा विद्यार्थीलाई निःशुल्क घरसम्म पुग्ने व्यवस्था मिलाउन भौतिक मन्त्रालयले पहलकदमी गर्नुपर्ने कुरा समितिमा सहभागी सांसदहरुले उठाएका थिए ।

‘नेपाल सरकार र मातहतका निकायहरू तथा निजी क्षेत्रका विद्यालय र कलेजका सवारी साधनहरूको प्रयोग गर्ने वातावरण मिलाई मुख्य सहरहरूबाट विद्यार्थीलगायत अभिभावकहरूलाई गन्तव्यमा पुग्ने आवश्यक व्यवस्था गर्न’ संसदीय समितिको निर्णयमा छ ।

समितिले सडकमा सवारी साधनहरूको चापलाई कम गरी यात्रुलाई सहज सेवा उपलब्ध गराउन सार्वजनिक सवारी साधनहरूको अधिकतम प्रयोगमा ल्याउन र सवारीको गतिको समेत मापन गर्न र लापरबाही ढङ्गले सवारी साधन चलाउन नदिई यात्रुको सुरक्षामा चासो दिन आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

त्यस्तै सडकमा सवारी साधनहरूको चापलाई कम गरी यात्रुलाई सहज सेवा उपलब्ध गराउन सार्वजनिक सवारी साधनहरूको अधिकतम प्रयोगमा ल्याउन, सवारीको गतिको समेत मापन गर्न र लापरबाही ढङ्गले सवारी साधन चलाउन नदिई यात्रुको सुरक्षामा चासो दिन आवश्यक व्यवस्था मिलाउन पनि समितिले निर्देशन छ ।

प्रतिक्रिया दिनुहोस