काठमाडौँ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले रिक्त महाप्रबन्धक पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो । योग्यता पुगेका इच्छुकले २१ दिनभित्र आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ ।
सूचनामा दरखास्त फाराम सरकारी उद्योग तथा संस्थान शाखा सिंहदरबारमा बुझाउने सकिने र यससम्बन्धी विस्तृत जानकारी पनि मन्त्रालयको वेबसाइटबाट प्राप्त गर्न सकिने उल्लेख छ ।
