काठमाडौँ । कार्यसम्पादन मूल्याङ्कनमा ३३ वटा जिल्ला प्रशासन कार्यालयहरू ‘अति उत्कृष्ट’ ठहरिएका छन् । गृह मन्त्रालयले गत आर्थिक वर्ष २०७९/८०मा गरेको मूल्याङ्कन सम्झौता बमोजिम काम गरेर ९०भन्दा माथि अङ्क ल्याउँदै ३३ वटा जिल्ला प्रशासन कार्यालयहरू अति उत्कृष्टको सूचीमा परेका हुन् ।
३० वटा प्रशासन कार्यालयहरू ८० देखि ९० अङ्कसम्म ल्याएर ‘उत्कृष्ट’ ठहरिएका छन् । बाँकी १४ जिल्ला प्रशासन कार्यालयहरू ‘उत्तम’ कार्यसम्पादनको सूचीमा छन् ।
कार्यालयहरूमध्ये जिल्ला प्रशासन कार्यालय गुल्मी ९६.४४ अङ्क ल्याएर पहिलो स्थानमा छ भने जिल्ला प्रशासन कार्यालय सिरहा ६१.५६ अङ्कसहित अन्तिम स्थानमा छ ।
सूची :

