७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मध्यपुरथिमि नगरपालिकाको आन्तरिक आम्दानी २४ करोड

अ+ अ-

भादगाउँ (भक्तपुर) । मध्यपुरथिमि नगरपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा रु २४ करोडभन्दा बढी आन्तरिक आम्दानी गरेको छ । नगरपालिकाको १ देखि ९ वडा कार्यालय र नगर कार्यपालिकाको राजस्व शाखा गरी १० वटा सङ्कलन केन्द्रबाट गत आवमा रु २४ करोड १३ लाख ३८ हजार सात सय ४८ आन्तरिक आम्दानी गरेको हो ।

मध्यपुरथिमिले गत आवमा नगर कार्यपालिकाको राजस्व शाखाले सङ्कलन केन्द्रमध्ये सबैभन्दा धेरै रु आठ करोड पाँच लाख ३० हजार आठ सय ५८ आन्तरिक आम्दानी गरेको आर्थिक शाखाले जानकारी दिए ।

वडा कार्यालयमध्ये सबैभन्दा धेरै वडा नं ३ ले आम्दानी गरेको छ । वडा नं ३ ले रु तीन करोड ९८ लाख १७ हजार दुई सय २५ आम्दानी गरेको हो । वडाले रु चार करोड ५० लाख आम्दानी गर्ने लक्ष्य राखेको थियो । वडा नं ३ का वडाध्यक्ष एवं नगर प्रवक्ता कृष्णहरि आचार्यले भने, ‘व्यवसाय दर्ता अभियानअन्तर्गत जनप्रतिनिधि र कर्मचारीको संयुक्त टोली घरघर र पसलपसलमा पुगेर व्यवसाय दर्ताका लागि अनुरोध गरिएको र सोअनुसार करिब चार सय व्यवसाय नयाँ दर्ता गर्न सफल भएकाले करिब चार करोड राजस्व सङ्कलन गर्न सफल भएको हो ।’

वडा कार्यालयमध्ये वडा नं २ ले रु दुई करोड २७ लाख ५५ हजार सात सय ७४, वडा नं १ ले दुई करोड २२ लाख ४२ हजार नौ सय ५६, वडा नं ४ ले एक करोड ९२ लाख ६४ हजार छ सय २०, वडा नं ९ ले एक करोड ६३ लाख ८२ हजार पाँच सय ८७ रुपैयाँ सङ्कलन गरेको नगरपालिकाका सूचना अधिकारी एवं महाशाखा प्रमुख केशव सिलवालले जानकारी दिए ।

यसैगरी वडा नं ५ ले रु एक करोड ५० लाख ५५ हजार ९८, वडा नं ६ ले रु ९७ लाख ५९ हजार दुई सय १७, वडा नं ८ ले रु ८८ लाख ४६ हजार आठ सय र सबैभन्दा कम वडा नं ७ ले रु ६६ हजार ८३ हजार सात सय २४ आम्दानी गरेको सिलवालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस