१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले गण्डकी अधिवेशन : नेतृत्व चयनका लागि आज मतदान

अ+ अ-

काठमाडौँ । नेकपा एमाले गण्डकी प्रदेश अधिवेशन अन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ। सोमबारदेखि पोखरामा जारी अधिवेशनअन्तर्गत नेतृत्वका लागि १६५ पदमा ३ सय ८२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

२७ जना निर्विरोध निर्वाचित भइसकेका छन् भने बाँकी पदमा पनि सहमतिको प्रयास जारी रहेकाले निर्वाचन प्रक्रियाका लागि समय अझै टुङ्गो लागेको छैन। यद्यपि बिहान १० बजेदेखि निर्वाचन गर्ने तयारी भइरहेको निर्वाचन मण्डलले जनाएको छ। प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापामगरले आज कुनै पनि हालतमा नेतृत्व चयन प्रक्रिया सकिने दाबी गरेका छन्।

गण्डकीमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षबीच प्रतिस्पर्धा हुने देखिएको हो।​ उपमहासचिव गुरुङ पक्षबाट अध्यक्षमा नवराज शर्मा, उपाध्यक्षमा मीनप्रसाद गुरुङ र सचिवमा धनञ्जय दवाडीले उम्मेदवारी दिएका छन् । उपसचिवमा दानबहादुर विक र उपसचिव महिलातर्फ मञ्जु अधिकारीको उम्मेदवारी परेको छ।

यस्तै अधिकारी पक्षबाट अध्यक्षमा मायानाथ अधिकारी, उपाध्यक्ष बाबुराम विक र सचिवमा रश्मि आचार्य उम्मेदवार बनेका छन्। उपसचिवमा सन्तोष राहुल र महिला उपसचिवमा मीना गुरुङले उम्मेदवारी दिएका छन्। अधिवेशन असोज १५ र १६ गतेका लागि तोकिएकामा नेतृत्व चयनमा सहमति नभएपछि लम्बिएको हो। अधिवेशनमा ९०७ जना प्रतिनिधि छन्।

प्रतिक्रिया दिनुहोस