९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच हजार श्रमिक परिवारलाई ‘सुधारिएको चुलो’ वितरण

अ+ अ-

झापा । वातावरण संरक्षण केन्द्र (इपिसी) नेपालले झापालगायत कोशी र मधेस प्रदेशको आठ जिल्लाका विपन्न तथा श्रमिक परिवारलाई खाना पकाउने एलपी ग्यासको विकल्पको रूपमा ‘सुधारिएको चुलो’ वितरण गरेको छ ।

इपिसीका झापा संयोजक अमर मेचेले झापाको मेचीनगरका आठ वटा वडामा हालै पाँच हजारभन्दा बढी परिवारलाई सुधारिएको चुलो वितरण गरिसकेको बताए ।

खुला बजारमा रु पाँच हजार मूल्य पर्ने उक्त चुलो विपन्न तथा श्रमिक परिवारलाई ढुवानी खर्चबापत रु दुई सय मात्र लिएर वितरण गरिरहेको उनले जानकारी दिए । विद्युत् र दाउरा दुवै प्रयोग हुने सुधारिएको चुलो सिङ्गापुरको भिएनभी एडभाइजरी नामक दातृ संस्थाको सहयोगमा वितरण गरिएको हो । हाल झापा, उदयपुर धनुषा, सिरहा, सप्तरीलगायतका जिल्लामा यो परियोजना सञ्चालन भइरहेको छ ।

थोरै दाउराले धेरै ऊर्जा दिने गरी चुलोको ‘डिजाइन’ गरिएको र यसको प्रयोगबाट खाना पकाउने एलपी ग्यासको निर्भरता हट्ने संयोजक मेचेले बताए । वातावरण प्रदूषण न्यूनीकरणमा समेत यो प्रविधिको चुलोले सघाउ पुग्ने भएको छ ।

मेचीनगर-७ का वडाध्यक्ष प्रह्लादमणि ओलीले वडा कार्यालयले स्थानीय चिया मजदुर र विपन्न परिवारको पहिचान गरेर ई पिसीबाट प्राप्त पाँच सय चुलो वितरण गरिसकेको र अरु माग भइरहेको बताए । “थोरै दाउराले धेरै खाना पकाउन सकिने प्रविधियुक्त यो चुलो पाउँदा विपन्न परिवार खुसी भएका छन्”, वडाध्यक्ष ओलीले भने, “मुलुक आर्थिक सङ्कटबाट गुज्रिरहेको बेला खाना पकाउन विदेशबाट आयात हुँदै आएको एलपी ग्यासको प्रयोग न्यूनीकरणमा समेत यसबाट मद्दत पुगेको छ ।”

दातृ संस्था इपिसीले चुलोको पाँच वर्षको ग्यारेन्टी दिएको र बिजुलीबाट चल्ने पङ्खा र एडप्टर बिग्रिए फेरिदिने प्रतिबद्धता जनाएको मेचीनगर-४ का वडाध्यक्ष अर्जुन कार्कीले बताए । चुलोको कुनै पनि सामान नफाल्न आग्रह गर्दै इपिसीले पुरानो चुलोको साटो नयाँ दिने जनाएको छ ।

चिया, यातायात, प्लाइउड र कृषि श्रमिकको ठूलो सङ्ख्या रहेको मेचीनगर नगरपालिकामा २५ हजार चुलो वितरण गर्ने लक्ष्य लिइएको इपिसीका झापा संयोजक अमर मेचेले जानकारी दिए । चुलो पाउने परिवारको निष्पक्ष छनोट र वितरणका लागि इपिसीले नगरपालिका र वडा कार्यालयसँग सहकार्य गरिरहेको छ ।

मेचीनगरको वडा नम्बर १, २, ४, ५, ७, ८, ९ र १५ मा चुलो वितरण भइसकेको छ र पहिलो चरणमा निम्न वर्गीय परिवारलाई सुधारिएको चुलो वितरण गर्ने र दोस्रो चरणमा मध्यम वर्गका उपभोक्ताका लागि विद्युतीय इन्डक्सन चुलो वितरण गरिने संस्थाको योजना रहेको मेचेले बताए ।

झापाको मेचीनगरपछि बुद्धशान्ति गाउँपालिकाको वडा नं ४ र ५ स्थित सुकुम्बासी बस्ती तथा इलाम जिल्लाको दक्षिणी बस्तीमा यस्तै चुलो वितरण गर्ने योजना रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस