९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समाजलाई अनुशासित बनाउने हो भने शीर्ष नेता मर्यादित हुनुपर्छ : माधव सापकोटा

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले समाजलाई शिष्ट र मर्यादित बनाउने हो भने शीर्ष नेता अनुशासित हुनुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले समाजमा जताततै अराजकता बढेको बताएका हुन्। प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलगायत शीर्ष नेताले बोल्दा अनुशासित र मर्यादित भएर बोल्नुपर्ने उनको भनाइ छ।

बुधबार सम्बोधनका क्रममा एमाले अध्यक्ष ओलीले विस्तृत शान्ति सम्झौता र संविधानको मर्म आकर्षित हुने गरेर बोलेको पनि बताए।

‘नेपालगञ्ज कर्फ्युले घेरिएको छ। भदौको पहिलो हप्ता धरान त्यस्तै एउटा चपेटामा थियो। सर्लाही पनि त्यस्तै चपेटामा थियो। देशैभरि विभिन्न हिसाबले जातीय र साम्प्रदायिक प्रकारका घटनाक्रममा शृङ्खला अगाडि आइरहेका छन्,’ उनले भने, ‘सामाजिक सञ्जाल हेरिसाध्य छैन। यति स्वच्छन्द, विशृङ्खल र अराजक छ। चिकित्सकहरू सुरक्षित छैनन्। हातपात भइराखेको छ। प्राध्यापकहरू असुरक्षित छन्। जताततै अराजकताको एउटा शृङ्खला अगाडि आइराखेको छ।’

नागरिकहरूले तीखो आँखाले सदनलाई हेरिराखेका उनले बताए।

‘सदनको चित्र हामी एक पटक हेरौँ, पूर्वप्रधानमन्त्रीहरू घण्टौँ भाषण गर्नुहुन्छ, यस्ता सवालहरूका बारेमा, सकारात्मक कुरा सम्प्रेषण गर्ने कुरा आउँदैन, अराजकता नियन्त्रणमा लिने कुरा आउँदैन, उल्टै विस्तृत शान्ति सम्झौता आकर्षित हुने, संविधानको मर्म विपरीत कुरा आउँछ । देश समाज कता जाँदै छ, देश समाजले कोसँग आशावादी भएर समाज निर्माणमा योगदान गर्ने ?,’ उनले प्रश्न गरे।

प्रतिक्रिया दिनुहोस