७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले सुदूरपश्चिमको अध्यक्षमा सिंहको उम्मेदवारी घोषणा

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता वचनबहादुर सिंहले सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

एमाले सुदूरपश्चिमका प्रदेश सचिवालय सदस्य समेत रहेका सिंहले बिहीबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

सिंहले पार्टीका युवाहरूको प्रतिनिधित्व गर्दै आफू अध्यक्षको उम्मेदवार बन्न लागेको बताउँदै आफ्नो नाममा सर्वसम्मत हुने सम्भावना रहेको दाबी समेत गरे ।

अध्यक्षमा एकल उम्मेदवारी घोषणा गरेका सिंहले प्यानल बनाएर चुनाव लड्ने पक्षमा नरहेको पनि बताए । उनले पार्टीको मूल नेतृत्वले लिएको नीतिलाई कार्यान्वयन गर्दै प्रदेशमा पार्टीलाई एकताबद्ध र सुदृढ गर्न उम्मेदवारी भएको बताए ।

एमाले सुदूरपश्चिमको अधिवेशन अगामी असोज २१ र २२ गते धनगढीमा हुँदैछ ।

अध्यक्षमा केन्द्रीय सदस्य झपट रावल, लालबहादुर थापा लगायतको चर्चा चलेका बेला उनीहरू प्रतिनिधिमा नआएपछि दोस्रो तहका नेताहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

एमाले प्रदेश अध्यक्षमा अछामका कृष्णप्रसाद जैसी र अछामकै अहिलेका प्रदेश कमिटी उपाध्यक्ष कमल तिमिल्सिनाले अध्यक्षमा आकाङ्क्षा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस