५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिवि सेवा आयोगको अन्तर्वार्ता स्थगित

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोग कीर्तिपुरले आजका लागि तय गरेको प्राध्यापक र सहप्राध्यापकको अन्तरवार्ता स्थगित गरेको छ ।

आयोगको कार्यालयले एक सूचना जारी गर्दै हिन्दी विषयको प्राध्यापक तथा सहप्राध्यापक र समाजशास्त्र विषयको प्राध्यापक तथा सहप्राध्यापकको अन्तरवार्ता सञ्चालनमा विद्यार्थी सङ्गठनबाट अवरोध भएको जनाएको छ ।

आयोग कार्यालयले प्रशासनिक कार्यमा अवरोध भएको तथा असामान्य अवस्था सिर्जना भएको भन्दै परिस्थिति सहज हुनासाथ अन्तर्वार्ता सञ्चालन गरिने जनाएको हो ।

नेपाल समाजवादी विद्यार्थी युनियन, त्रिवि समिति र नेपाल विद्यार्थी सङ्घ, त्रिभुवन विश्वविद्यालय समितिले बिहीबारदेखि साँझदेखि सेवा आयोगको कार्यालय, विज्ञान डीन कार्यालय र त्रिवि पुनरावेदन आयोगको कार्यालय रहेको भवनको प्रवेशद्वारमा अनिश्चितकालीन तालाबन्दी गरेका कारण अन्तरवार्ता प्रभावित भएको त्रिभुवन विश्वविद्यालय सेवा आयोगका प्रमुख केदारनाथ ढकालले जारी गरेको सूचनामा उल्लेख छ ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयबाट आर्थिक वर्ष २०७७/०७८ मा प्रकाशित आन्तरिक तथा खुल्ला प्रतियोगिताको माध्यमबाट विभिन्न पदको पदपूर्तिका लागि गरिएका विज्ञापनमध्ये यस अघि स्थगित भएका व्यवस्थापन, समाजशास्त्र, हिन्दी र मैथिली विषयका प्राध्यापक र सहप्राध्यापक पदको बाँकी अन्तर्वार्ता असोज १४ गतेदेखि १९ गतेसम्म सेवा आयोगको कार्यालय कीर्तिपुरमा सञ्चालन गर्ने कार्यतालिका रहेको छ । कार्यालयका अनुसार आश्विन १८ गतेसम्मको अन्तर्वार्ता भने सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस