७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाठेघरको क्यान्सर निर्मूल पार्न प्राथमिकतामा राख्दै बजेट ल्याइनेछ : अर्थमन्त्री महत

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले पाठेघरको मुखको क्यान्सर उन्मूलनको कार्यक्रम प्राथमिकतामा राखिएको बताएका छन् । 

पिपुल्स एक्सेस टू एडिक्वेट नेचुरल इन्फ्रास्ट्रक्चर्स (पानी)ले ‘सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर उन्मूलनः सार्वजनिक निजी साझेदारीमार्फत नेपालमा एचपीभी खोपलाई प्रवर्द्धन’ विषयमा शुक्रबार आयोजित कार्यशालामा बोल्दै उनले पाठेघरको क्यान्सर निर्मूल पार्ने सरकारको प्राथमिकताभित्र पर्ने भएकाले सोहीअनुसार बजेट विनियोजन गर्ने बताए।

उनले भने–‘ठूलो संख्यामा किशोरी तथा महिलाहरू यो क्यान्सरबाट प्रभावित बनेका छन् । व्यापक रूपमा खोपको पहुँच बढाउनुपर्ने छ । रोकथाम गर्नु महत्त्वपूर्ण कुरा हो ।स्रोत र साधन कम छ । निजी क्षेत्रको साझेदारीमा काम गर्दा राम्रो हुन्छ ।’

कार्यक्रममा बोल्दै स्त्री क्यान्सर रोग विशेषज्ञ डा. शीला वर्माले सरकारले यो कार्यक्रमको सुरुवात गरिसकेको र यसलाई निरन्तरता दिई सबैमा पहुँच पुर्‍याउनुपर्ने बताइन् । उनले भनिन्, ‘केही नहुनुभन्दा सरकारले सुरुवात त गर्‍यो । उच्च पदस्थ पदाधिकारीहरूले नै यो कार्यक्रमलाई निरन्तरतामा राख्न प्राथमिकता दिनुपर्छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०३० सम्ममा यसलाई उन्मूलन गर्न भनेका छ यसका लागि सबैले मिलेर काम गर्नुपर्छ ।’ उनले अझै पनि क्यान्सरसम्बन्धी जनचेतना नपुगेको भन्दै स्क्रिनिङमा पनि एकरूपता नरहेको बताउँछिन् ।

त्यसैगरी क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले एचपीभी भाइरसले ४० भन्दा बढी रोगको शिकार बनाउने भन्दै अझै पनि यो रोगको समस्याबारे महिलाले पीडा लुकाउने गरेको बताए । उनले भने, ‘कोही पनि महिला पाठेघरको क्यान्सरबाट मर्नु हुँदैन । खोपले नै क्यान्सरबाट बचाउँछ ।’ उनले खोप लगाए पनि नियमित स्क्रिनिङ आवश्यक रहेको जनाए ।

‘सरकारसँग सीमित साधन स्रोत छ । हाम्रा स्वास्थ्यका आवश्यकता धेरै र साधन स्रोत न्यून छन् । थोरै स्रोत साधनलाई सदुपयोग गरेर प्राथमिकता साथ काम गर्नुपर्दछ । निजी र अन्तर्राष्ट्रिय क्षेत्रसँगको सहकार्य गर्नुपर्छ,’

त्यसैगरी पानी संस्थाकी कार्यक्रम अधिकृत दिकिशा भण्डारीले खोप लगाउने देशमा पाठेघरको मुखको क्यान्सर न्यून देखिएको भन्दै सरकारले यो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने जोड दिइन् । उनले भनिन्, ‘यो खोप कार्यक्रम ग्रामीण भेगसम्म कसरी लानुपर्ने भन्ने योजना बनाउनुपर्छ । समुदाय लक्षित जनचेतनाका कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । २०३० सम्म पाठेघरको मुखको क्यान्सर उन्मूलन गर्ने भनिएको छ । सरकारले त्यो भार बहन गर्न सक्छ तरु हामीसँग मोडल छ । सरकारसँग हातेमालो गर्न तयार छौँ ।’

प्रतिक्रिया दिनुहोस