१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बढ्यो कोदोको माग

अ+ अ-

ढोरपाटन । केही वर्ष पहिलेसम्म बागलुङका होटेल तथा रेष्टुरेन्टमा कोदोका परिकार पाक्दैनथे । 

पछिल्लो समय यहाँका होटेल तथा रेष्टुरेन्टमा कोदाको ढिँडो पाक्न थालेपछि कोदोको माग बढ्दै गएको छ । 

कोदोको परिकारमा प्रोटिन, आइरन र क्याल्सियम बढी मात्रामा पाइने र स्वास्थ्यका लागि उपयोगी हुने भएकाले माग बढ्दै गएको होटेल व्यवसायी बताउँछन् । 

पहिले-पहिले कोदोको ढिँडो, रोटी र खोले निकै कम मात्रै पाक्थ्यो । पछिल्लो समय घर बाससँगै सहर बजारका ठुला-ठुला होटेलका भान्छामा पनि ढिँडो पाक्न थालेको छ । कोदोको माग बढ्दै गए पनि बागलुङको काठेखोला गाउँपालिका-८ लेखानीका किसानले मात्रै व्यावसायिक रूपमा उत्पादन गर्ने गरेका छन् ।

रैथाने जातको कोदोको माग बढेपछि केही किसानले व्यावसायिक कोदो उत्पादनमा लागेका छन् । जिल्लाको सबै क्षेत्रमा उत्पादनका लागि उपयुक्त हावापानी भए पनि कम मात्रामा खेती हुने गरेको छ । जङ्कफुड र आयातित खाद्यान्नमा निर्भर हुँदा किसानले कोदो खेतीलाई व्यावसायिक बनाउन सकेका छैनन् ।

पछिल्लो केही वर्षयता बागलुङ बजारका होटेलहरूमा कोदोका परिकारको माग बढ्न थालेको होटेल व्यवसायी सङ्घ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले बताए । कोदोको ढिँडोसँगै, भाँगो, टिमुर र स्थानीय उत्पादनको परिकार पाहुनाले माग गर्न थालेको उनको भनाइ थियो । माग बढेसँगै गाउँबाट कोदोको पीठो मगाएर पाहुनालाई ढिँडो खुवाउने गरेको अध्यक्ष राजभण्डारीले बताए । बजारमा सहज रूपमा कोदोको पीठो पाउन गाह्रो हुने उनको भनाइ थियो ।

“पहिले कोदोको ढिँडोको माग खासै आउँदैनथ्यो, अहिले होटलमा आउने धेरै पाहुनाको रोजाइ ढिँडो हुन्छ । विशेषगरी स्थानीय उत्पादनबाट बनेका परिकारको माग बढ्दो छ । अहिले धेरै मानिसमा अग्र्यानिक खाना खानुपर्छ भन्ने सोच बढेको छ,” अध्यक्ष राजभण्डारीले भने, “कोदोको खेती कम भएर होला, भनेको समयमा पीठो पाउन सकिँदैन । कहिले गाउँबाट ल्याउँछौँ । कहिले यहीँ अग्र्यानिक सामान बेच्ने पसलबाट ल्याउँछौँ । स्थानीय उत्पादनको महत्त्व मान्छेहरूले बुझ्दै गएका छन् ।”

स्थानीय किसान तिलबहादुर क्षेत्रीले पहिले कोदोका खाना घरबाहिर बसेर खाँदा पनि लजाउनुपर्ने स्थिति रहेको भन्दै अहिले धेरै मान्छेले ढिँडो मन पराउन थालेको बताए । आफूले वार्षिक सात मुरी कोदो उत्पादन गर्दै आएको जनाउँदै अहिले माग बढेकाले खेती गर्ने क्षेत्रफल पनि बढाएको उनले बताए । बजारबाट कोदोको पीठो किन्ने व्यापारी गाउँमै आउने गरेको भन्दै आम्दानी पनि राम्रो हुँदै गएको क्षेत्रीले बताउनुभयो । उहाँले अघिल्लो वर्ष झन्डै रू. ५० हजारको कोदो बिक्री गरेको सुनाए । 

“हामी सानो हुँदा कोदोको ढिँडो, रोटी खाँदैनथे । कोही कोहीले खाए पनि लुकाएर खान्थे । यस्तो राम्रो अन्न त्यति बेला चिन्न सकिएन, अहिले यस्तो माग बढी छ । गाउँमा त कमैले खान्छन् ढिँडो, कोदो बिक्री बढी हुने बजारमै हो,” क्षेत्रीले भने, “पहिला घरमा कोही पाहुना आउँदा चामल खोजेरै भए पनि भात खुवाउनु पर्छ भन्ने चलन थियो । अहिले त आउने पाहुनाले नै ढिँडो खाउँ भन्छन् । कोदो स्वास्थ्यका लागि फाइदाजनक भएकाले नै ढिँडोको माग बढेको हो ।” 

जिल्लाभर १८ हजार चार सय ५६ हेक्टर क्षेत्रफलमा कोदो खेती हुँदै आएको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ । हरेक वर्ष २३ हजार चार सय ५६ मेट्रिक टन कोदो उत्पादन हुने गरेको केन्द्रका सूचना अधिकारी कुमार पुन मगरले जानकारी दिए । उनका अनुसार अहिले यहाँका किसानले रैथाने रूपमा कोदो खेती गर्दै आएका छन् । पछिल्लो समय जनमानसमा कोदोको महत्त्व बढ्दै गएपछि किसनाहरु उत्पादनका लागि उत्साहित भएका उनले बताए । 

कृषि ज्ञान केन्द्रले कृषकलाई रैथाने जातका कोदो लगायतका खाद्यबाली लगाउनका लागि प्रेरित गर्दै विभिन्न कार्यक्रम गरिरहेको पुन मगरले बताए । “बागलुङमा कोदो खेती गर्नका लागि पर्याप्त जमिन छ । किसानलाई कोदो खेतीतर्फ आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ”, उनले भने, “उनीहरूले कोदोको पीठो ब्रान्डिङ, प्याकेजिङ गर्न, परिकार बनाउनका लागि आवश्यक तालिम र परामर्श दिने गरेका छौँ । केही गाउँमा व्यावसायिक रूपमा लागेर कोदोको परिकार बनाइरहेका छन् । उत्पादन गर्ने क्षेत्र बढाउनका लागि किसानलाई प्रेरित गरिरहेका छौँ ।”

यस वर्ष किसानले लगाएको कोदोमा खैरो थोप्ले र मरुवा रोग लागेकाले उत्पादनमा ह्रास आउने देखिएको पुन मगरले बताए । दुई वटा रोगको सङ्क्रमणका कारण कोदोको डाँठ कुहिएर बाला लाग्न नपाएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस