७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेलायत भ्रमणमा जाँदै प्रधानसेनापति शर्मा

अ+ अ-

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणका लागि आइतबार त्यसतर्फ जाने भएका छन्।

बेलायती सेनाका जनरल सर प्याट्रिक स्याण्डर्सको निमन्त्रणामा उनी बेलायतको छ दिवसीय औपचारिक भ्रमणमा त्यसतर्फ जान लागेका हुन्।

भ्रमणका अवसरमा प्रधानसेनापति शर्मा र त्यहाँका आफ्ना समकक्षीसँग भेटवार्ता हुनेछ। प्रधानसेनापति शर्माले त्यहाँको रोयल कलेज अफ डिफेन्स स्टडिज् र रोयल मिलिटरी एकेडेमी स्यान्डहस्र्टको भ्रमण गर्ने कार्यतालीका छ। ती दुवै शिक्षण संस्थामा नेपाली सेनाका अधिकृत लामो समयदेखि निरन्तर सहभागी हुँदै आएका नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए।

प्रधानसेनापति शर्माले बेलायती गोर्खा सैनिकको मुख्यालयको पनि भ्रमण गर्ने कार्यतालीका रहेको छ। प्रधानसेनापति बेलायतमा रहँदा क्याम्ब्रीयन पट्रोलमा सहभागी टोलीसँग भेटघाट हुनेछ। बेलायत नेपालको पुरानो मित्रराष्ट्र हो।

आजभन्दा ठिक एक सय वर्षअघि अर्थात् सन् १९२३ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शम्शेर जबरा र बेलायत सरकार (तत्कालीन ब्रिटिस–इण्डीया) बीच भएको सन्धिले नेपाललाई स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न र बराबरीको मान्यता भएको समकक्षी मुलुकको मान्यता दिएको थियो।

नेपाली सेना र बेलायती सेनाबीच पुरानो र न्यानो मित्रवत् सम्बन्ध रहिआएको छ। बेलायती सेनामा नेपालीलाई गोर्खाली सेनाकारुपमा समावेश गर्दै आएको छ। त्यो सङ्ख्या अहिले पनि करिब चार हजारको हाराहारीमा छ।

बेलायती सेनामा गोर्खा समावेश कार्यलाई दुई पक्षीय सम्बन्धको अनुपम र बेग्लै आयमकारुपमा हेरिने गरिएको छ। बेलायत सरकारले गोर्खाली सैनिकले पुर्‍याएको योगदानको उच्च कदर गर्दै त्यहाँको रक्षा मन्त्रालय भवन परिसरमा गोर्खाली सैनिकको सालिक स्थापित गरेको छ।

नेपाली सेनाका कैयौँ अधिकृत बेलायतमा तथा त्यहाँका सेनाका अधिकृत पनि तालिम प्रशिक्षणका लागि नेपाल आउने अभ्यास छ। बेलायतमा पाँच दर्जनभन्दा बढी विभिन्न शैक्षिक कार्यक्रम, तालिम, अभ्यास, सेमिनारलगायत उच्चस्तरीय भ्रमणमा नेपाली सेना सहभागी हुँदै आएको छ।

नेपाली सेनाका अधिकृत हाल एनडिसी, डिएचइटी, स्टाफ कलेज, एयर ट्रान्सपोर्ट म्यानेजमेन्ट, आरएमएस, पिसीविसी, एक्सर साइज क्याम्ब्रीयन पट्रोलमा आठसहित अधिकृतसहित १६ जना तालिम प्रशिक्षणलगायतमा सहभागी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

त्यसैगरी, हालसम्म बेलायती सेना शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेज र हाइअल्टिच्यूट एण्ड माउन्टेन वेयलफेयरमा तालिममा सहभागी हुँदै आएको छ।

बेलायतको वेल्सको ब्रेकनमा सन् २०१९ ‘एक्सरसाइज क्याम्ब्रियन गस्तीमा नेपाली सेनाले स्वर्ण जित्न सफल भएको थियो। उक्त गस्तीमा सैनिक नेतृत्व, समूह कार्य, शारीरिक तन्दुरुस्ती र लक्ष्य हासिल हासिलका आधारमा मूल्याङ्कन गरिन्छ।   

प्रतिक्रिया दिनुहोस