१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकाको अन्त्येष्टि गृहमा १०० भन्दा बढी शव सडेको अवस्थामा फेला

अ+ अ-

लस एन्जलस । अमेरिकाको कोलोराडो राज्यको एक अन्त्येष्टि गृहमा १०० भन्दा बढी सडेको शव फेला परेपछि अनुसन्धान सुरु गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

फ्रेमोन्ट काउन्टीस्थित पेनरोजमा रहेको रिटन टु नेचर फ्युनरल होममा बुधबार ती शव फेला परेका थिए । प्रहरीले ‘हरित’ अन्त्येष्टि सञ्चालकको भन्डारणलाई सूक्ष्म रूपमा अनुसन्धान गरेर त्यहाँ कम्तीमा ११५ सडेको शव फेला पारेको थियो ।

फ्रेमोन्ट काउन्टी सेरिफ एलन कुपरले पत्रकार सम्मेलनमा भने, “पछिल्लो ४८ घण्टामा मेरो कार्यालयले अत्यन्त डरलाग्दो खोज गरेको छ । अनुचित रूपमा शवहरू भन्डार गरिएको अन्त्येष्टि गृहको अवस्था भयावह थियो ।”

उनका अनुसार यस क्षेत्रका मानिसले धेरै प्रश्न र चिन्ता व्यक्त गरेका छन् । विशेष गरी आफ्ना प्रियजनलाई उक्त अन्त्येष्टि गृहमा सुम्पिएका परिवारले बढी चिन्ता व्यक्त गरेका छन् । उनले भने, “हाम्रो प्राथमिकता र ध्यान ती परिवारप्रति छ ।”

फ्रेमोन्ट काउन्टी कोरोनर र्यान्डी केलरले भने, “उक्त गृहमा प्रवेश गरेपछि हामीले अनुचित रूपमा राखिएका १०० भन्दा बढी शव फेला पार्‍यौँ, जसले भयानक दृश्य बनायो ।”

केलरका अनुसार काउन्टीमा आपत्कालीन संकटकाल घोषणा गरिएको छ । उक्त घटना सम्बन्धमा अहिलेसम्म कसैलाई पक्राउ नगरिएको उनले बताए । उनका अनुसार अनुसन्धान अहिले प्रारम्भिक अवस्थामा छ । अनुसन्धान प्रक्रिया लामो हुनेछ ।

अनुसन्धान र उक्त अन्त्येष्टि गृहको सफाइका लागि राज्यबाट सहयोग उपलब्ध गराउन कोलोराडोका गभर्नरले बिहीबार राति आपत्कालीन विपत्तिको घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस