८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सालका कडीसहित तीन पक्राउ

अ+ अ-

कैलाली ।  कैलालीको गोदावरी नगरपालिका-८ सूर्योदय सामुदायिक वन क्षेत्रबाट एक सय सात थान सालको कडीसहित तीन जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३१५७ नम्बरको ट्रकका चालक बैतडीको पाटन नगरपालिका– ८ का २५ वर्षीय सिद्धराज भट्ट, सोही ठाउँका ट्रकका साहु ४२ वर्षीय देवराज भट्ट र काठका साहु गोदावरी नगरपालिका–८ का २८ वर्षीय मदन छेडाल छन् ।  

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार प्रहरी सहायक निरीक्षक धर्मराज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई ट्रकमा सालका कडी ढुवानी गर्दागर्दै पक्राउ गरेको हो । आज बिहान ४ बजे रु तीन लाख मूल्यका सालका कडी, ट्रकसहित उनीहरुलाई पक्राउ गरिएको हो । 

प्रहरीले घटनाको थप अनुसन्धान गरी कारबाहीका लागि सबडिभिजन वन कार्यालय अत्तरियामा बुझाउने तयारी गरेको डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले बताए । 

यसैगरी कैलालीको घोडाघोडी नगरपालिका–८ का दोर्जे शाही ३० दशमलव ७५ क्यूफिट चिरान काठ र ८३ क्यूफिट गोलियासहित पक्राउ परेको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ । शाहीले आमफाँटामा सञ्चालन गरेको मोहन्याल फर्निचर उद्योगभित्रबाट काँचो सालका नौ गोलिया, १२ थान चिरान गरेका कडी र २४ थान पटरासहित पक्राउ गरिएको  डिभिजन वन कार्यालय पहलमानपुरका वन अधिकृत गौचरण चौधरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस