९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धुवाँको मुस्लो फाल्ने सवारीलाई ३ लाख जरिवाना हुने

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले धुवाँको मुस्लो फाल्ने सवारी साधनलाई जरिवाना तिराउने भएको छ । धुवाँको मुस्लो फाल्ने सवारीसाधनलाई तीन लाख रुपैयाँसम्म जरिवाना तोकिएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले आज एक सूचना जारी गदै आफ्नो क्षेत्र भएर गुड्ने सवारी साधनहरूको वायु प्रदूषण चेकजाँच गर्ने र मापदण्ड विपरीत गुड्ने सवारी साधनलाई महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५२ उपदफा (४) मा व्यवस्था भए अनुसार मापदण्ड विपरीत कार्य गर्न बन्देज लगाई तीन लाख रुपैंयासम्म जरिवाना गरिने उल्लेख गरेको छ ।

साथै दुई महिनाभित्र मापदण्ड बमोजिमको कार्य गर्न समय दिने र दिएको आदेश बमोजिम कार्य नभएमा सोही उपदफा बमोजिम गरिएको जरिवानाको तेब्बर जरिवाना गराउने महानगरपालिकाले जनाएको छ ।

काठमाडौँ महानगर क्षेत्र भएर चल्ने सवारी साधनबाट नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बढी धुँवाजन्य प्रदूषण उत्सर्जन भएको भनी व्यापक जनगुनासो आएको र सडकहरूमा सञ्चालन भइरहेका सवारी साधनहरूको धुँवा निष्कासनको अत्यन्त दयनीय अवस्था समेत देखिन आएको विषयमा काठमाडौं महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको महानगरपालिकाले जनाएको छ ।

सर्वसाधारणले काठमाडौँ महानगर क्षेत्र भएर चल्ने सवारी साधनबाट जथाभाबी धुँवाजन्य प्रदूषण उत्सर्जन भएका सवारी साधनहरूको बारेमा प्रमाण सहितको सूचना काठमाडौँ महानगरलाई जानकारी गराउन अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस