काठमाडौँ । संघीय निजामती सेवा ऐन जारी गर्न माग राख्दै कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।
स्थानीय तह कर्मचारी सङ्घर्ष केन्द्रीय तदर्थ समितिले संघीय निजामती सेवा ऐनमा स्थानीय तहमा कार्यरत कर्मचारीहरूका मागहरू समावेश गरी तत्काल ऐन जारी गर्ने मागसहित प्रदर्शन गरेको हो।
समितिले ८ दिनदेखि दबाबमूलक कार्यक्रम गर्नुका साथै ७५३ वटै स्थानीय तहमा अत्यावश्यकभन्दा बाहेकका सबै कामकाज बन्द गर्ने र काठमाडौं आउन नसक्ने कर्मचारीहरूले स्थानीय तहमै विरोधको कार्यक्रम गर्दै आइरहेको छन्।
यसैक्रममा आज माइतीघर मण्डलबाट नयाँ बानेश्वर जाने क्रममा प्रहरीले बाटो रोक्न खोजेपछि झडपको अवस्था आएको थियो।