१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बढे नेपाल आउने पर्यटक 

अ+ अ-

काठमाडौँ । सिजनमा नेपाल आउने पर्यटकको संख्या बढेको छ। पर्वतीय पर्यटनका लागि उपयुक्त सिजन सुरु भएसँगै अहिले मासिक झन्डै एक लाख हाराहारीमा पर्यटक भित्रिरहेका छन्।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को नौ महिना (जनवरीदेखि सेप्टेम्बर)सम्म ६ लाख ८५ हजार ७६९ जना पर्यटक भित्रिएका छन्। विशेषगरी अन्य महिनाभन्दा पर्यटकीय सिजनमा पर्यटक आगमन उत्साहजनक रहेको व्यवसायीहरूको भनाई छ । 

नेपालमा हालसम्म सबैभन्दा धेरै सन् २०१९ मा ११ लाख १९ हजार १९१ जना पर्यटक भित्रिएका थिए। त्यसयता कोभिडका कारण सन् २०२० मा दुई लाख ३० हजार र सन् २०२१ मा डेढ लाख पर्यटक भित्रिएका थिए। कोभिडपछि सन् २०२२ मा भने ६ लाख १४ हजार ८६९ पर्यटक भित्रिएका थिए।

पर्यटकका लागि सिजन मानिने सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनामा विशेषगरी पर्यटकहरू हिमाल आरोहणसँगै ट्रेकिङ र ट्राभलका लागि नेपाल आउँछन्। यी सबै गन्तव्यतर्फ अहिले पर्यटकको आगमन उत्साहजनक रहेको व्यवसायीहरूले बताएका छन्।

देशभरको होटेलहरूमा हालसम्म ५० प्रतिशत बुकिङ आएको होटेल सङ्घ नेपालले जनाएको छ । 

सिजनका लागि हिमाल आरोहण खुलेसँगै अहिले मनास्लु, धौलागिरि, हिमलुङ्ग, आमा डब्लामलगायतका हिमाल चढ्न ५१ मुलुकका चार सय ३६ जनाले अनुमति लिइसकेका छन्। 

पर्यटन विभागका अनुसार असोज १२ गतेसम्म विभिन्न २६ वटा हिमाल आरोहणका लागि तीन सय ४२ जना पुरुष र ९४ जना महिलाले अनुमति लिएका छन्।

विभागका अनुसार शरद ऋतुका लागि उत्तम मानिने मनास्लु हिमाल चढ्न अहिलेसम्म सबैभन्दा धेरैले अनुमति लिएका छन्। मनास्लुका लागि अहिलेसम्म तीन सय एक जनाले अनुमति लिएका हुन्।

जसमा दुई सय ३६ जना पुरुष र ६५ जना महिला छन्। यसबाट विभागले डेढ महिनामा मात्र ४४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमा निरू शेर्पाका अनुसार कोभिडपछि यसपालि हिमाल आरोहणमा पर्यटकको संख्या उत्साहजनक देखिएको छ। सेप्टेम्बरको सुरुवातदेखि नै पर्यटकहरूले आरोहण अनुमति लिइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस