१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्मीका जवान गिरीले राखे चौथो ‘विश्व कीर्तिमानी’

अ+ अ-

काठमाडौँ । नेपाल आर्मीका हरिचन्द्र गिरीले संसारमा ‘सबैभन्दा छोटो समयमा भर्‍याङ खुड्किला हातले टेकेर ओर्लिने’ शीर्षकमा गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाएका छन्।

उनले २५.०३ सेकेन्डमा भर्‍याङको ७५ खुड्किला हातले टेक्दै ओर्लिएर गिनिज वर्ल्ड रेकर्ड हात पारेका हुन्। यसअघि अमेरिकन नागरिक मार्क केन्नीले ३०.८ सेकेन्डमा यही विधामा गिनिज वर्ल्ड रेकर्ड बनाएका थिए।

केन्नीको रेकर्ड तोड्दै नेपाल आर्मीमा कार्यरत दाङ स्थायी घर भएका गिरीले २५.०३ सेकेन्डमै नयाँ विश्व रेकर्ड राख्न सफल भएका हुन्। 

उनले बुढानीलकण्ठको जाम्चेन विजय स्तूपामा भर्‍याङका ७५ खुड्किला हातले टेक्दै २५.०३ सेकेन्डमै उल्टो ओर्लिएर विश्व रेकर्ड राखेका हुन्। हाल उनले आधिकारिक रूपमा सर्टिफिकेट हात पारिसकेका छन्।

गिरीको यो कलालाई मन पराएर साथ दिँदै नेपाल आर्मीका उपरथी सन्तोष कुमार ढकाल र महासेनानी अच्युतम भण्डारीले उनलाई नेपाल आर्मीको खेलकुद केन्द्रमा ल्याएका थिए।

यसअघि गिरीले तीन वटा शीर्षकमा गिनिज वर्ल्ड रेकर्डस्मा नाम लेखाइसकेका छन्। खुट्टाको बिचमा बल राखेर हातले टेकेर हिँड्ने शीर्षकमा उनले ४।४९ सेकेन्डमा १० मिटर पार गरेर पहिलो रेकर्ड राखेका थिए। 

यही शीर्षकमा ५० मिटर दुरी उनले २५.५८ सेकेन्डमा पार गरेर दोस्रो रेकर्ड राखेका थिए। यस्तै भर्‍याङ्का खुड्किला हातले टेक्दै ओर्लिने शीर्षकमा १२.६५ सेकेन्डमा ५० खुड्किला पारेर गरेर तेस्रो विश्व रेकर्ड राख्न सफल भएका थिए। अब फेरि ५ औ रेकडको लागि तयारीमा जुटेको उनले बताए। अगामी रेकर्डको लागि उनले टायर माथि सर्वाधिक डोरी एक मिनेटमा खेलेर नयाँ विश्व कीर्तिमान गर्ने अभ्यासरत रहेको बताए ।

उनी २०७७ सालमा आयोजित आर्मी गट ट्यालेन्ट प्रतियोगितामा उत्कृष्ट जवान समेत हुन ।

प्रतिक्रिया दिनुहोस