७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अरनिकोले जडीबुटीमा बनाएको बसपार्क नभत्काउन अन्तरिम आदेश

अ+ अ-

काठमाडौँ । पूर्वअरनिको यातायात प्रालिले काठमाडौँ महानगरपालिका-३२ स्थित जडीबुटीमा निर्माण गरेको बसपार्क नभत्काउन उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।

काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र एक भन्दा धेरै बसपार्क नहुने भन्दै भत्काउने तयारी गरेपछि यातायात कम्पनीको तर्फबाट श्यामबहादुर लामाले रिट निवेदन दिएका थिए । उक्त रिटको सुनुवाइ गर्दै उच्च अदालत पाटनले आइतबार अन्तरिम आदेश दिएको हो ।

‘निवेदनको टुङ्गो नलागेसम्म उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम निजी जग्गामा निर्माण गरिएका संरचनाहरू नभत्काउनु भनी विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ,’ सुनुवाइमा भनिएको छ ।

यस अघि उच्च अदालतले १२ असोजमा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै १५ दिनभित्र महानगरलाई जवाफ दिन भनेको थियो । आदेश जारी गर्न नपर्ने आधार, कारण र प्रमाण भए सबुद प्रमाणसहित आउन महानगरलाई भनेको थियो ।

महानगरको तर्फबाट कानुनी सल्लाहकार ओमप्रकाश अर्यालले बहस गरेका थिए तर ध्रुवबहादुर चन्द र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले नभत्काउन आदेश दिएको हो ।

यातायात प्रालिले १४ रोपनी जग्गामा १० करोड खर्च गरेर बसपार्क निर्माण गरे पनि महानगरले ‘एक बसपार्क’ नीति लिएको भन्दै सञ्चालन अनुमति दिएको छैन ।

प्रदेश र स्थानीय सरकारसँग अनुमति नै नलिई बसपार्क निर्माण गरेको भन्दै काठमाडौं महानगरपालिका र प्रदेश यातायात मन्त्रालयले त्यसलाई कुनै पनि हालतमा सञ्चालन गर्न नदिने बताउँदै आएको छ ।

महानगरले रिफ्रेसमेन्ट सेन्टरको विकल्प दिए पनि प्रालिले टेरेको छैन । ८ असोजमा पत्रकार सम्मेलन गर्दै प्रालिले जबरजस्ती भत्काउन खोजे प्रतिकार गर्ने बताएको थियो ।

प्रालिका अध्यक्ष केदार क्षेत्रीले महानगरपालिकाले पुरानो बसपार्कबाट बसहरू धपाएपछि विकल्पका लागि बाध्यतावश बसपार्क बनाउनु परेको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस