८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचार रोक्न व्यक्तिको मानसिकता बदल्नु जरुरी : मन्त्री शर्मा

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भ्रष्टाचार रोक्न व्यक्तिको मानसिकता बदल्नु जरुरी रहेको बताएकी छन्।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री शर्माले भ्रष्टाचार रोक्नका लागि व्यक्तिको मानसिकता बदल्नु आवश्यक रहेको बताएकी हुन् ।

उनले सार्वजनिक लाभको पदमा बसेका व्यक्तिहरूको मानसिकताका कारण भ्रष्टाचार भइरहेको बताइन्। भ्रष्ट मानसिकतालाई बदल्ने कुरा नै अहिलेको प्रमुख चुनौती रहेको उनको भनाइ छ। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार रोक्ने नभई कारबाहीको दायरामा ल्याउने कुरामा सबै स्पष्ट हुनुपर्ने बताइन्।

उनले भनिन्, ‘सबभन्दा पहिले हाम्रो माइण्ड सेट नै हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार रोकिदिने होइन। भ्रष्टाचार गरिसकेपछि यस्तो हुन्छ है, भन्ने कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको मान्छेलाई यसरी छोड्दैन। कारबाही गर्छ र ऊ कारबाहीको दायरामा पर्नुपर्छ भन्ने कुराको व्यवहारिक रूपमा पुष्टि गरिदिन्छ। त्यो भरपर्दो हुन्छ। विश्वसनीय हुन्छ र अर्को व्यक्तिले गर्न सक्दैन भन्ने कुरा हो। न्यूनीकरण हुन्छ भन्ने कुरा मात्रै हो। रोक्ने र न्यूनीकरण गर्ने भन्ने कुरा त जो सार्वजनिक लाभको पदमा जान्छ उहीँ व्यक्तिको माइन्डसेटकै कुरा मुख्य कुरा हो। त्यसकारण माइन्डसेट बदल्ने कसरी हो त्यहीँ नै हाम्रो प्रमुख चुनौती छ। त्यो सँगसँगै कानूनहरु कार्यान्वयन गर्ने, प्रभावकारी बनाउने र अगाडी बढ्ने कुराले महत्त्वपूर्ण भूमिका राख्छ भन्ने म पनि ठान्दछु।’

प्रतिक्रिया दिनुहोस