९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायलमा भएको घटनाप्रति आयोगको चासो

अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले इजरायलमा भएको आक्रमणका कारण स्वदेश आउन चाहने नागरिकलाई फर्काउनका आग्रह गरेको छ ।

नागरिकको मानव अधिकारको सम्मान तथा संरक्षण गर्न आयोगले अनुरोध गरेको छ ।

“इजरायलमा भएको हमलामा परी निधन भएका नेपालीको शव यथाशीघ्र स्वदेश ल्याउन, घाइतेको स्वास्थ्योपचार गर्ने व्यवस्था मिलाउन, बेपत्ता नेपालीको तत्काल खोजी गर्न, अप्ठ्यारोमा परेकाको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न, पीडित एवं उनीहरूका परिवारलाई राहतको व्यवस्था गर्न आग्रह गर्दछौँ”, आयोगका प्रवक्ता डा टीकाराम भट्टराईद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

इजरायलमा हमलाका कारण त्यहाँको शान्ति सुरक्षाको अवस्था चिन्ताजनक रहेको, हमलामा परी १० नेपालीको दुःखद् निधन भएको, केही घाइते भएको र केही असुरक्षित अवस्थामा रहेको जानकारी आयोगलाई प्राप्त भएको विज्ञप्तिमा भनिएको छ । यस विषयमा सरकारबाट गरिएका हालसम्म भइरहेका प्रयासको सराहना गर्दै सो विषयमा सरकारकाबाट भएको कार्यको यथार्थ जानकारी आयोगलाई उपलब्ध गराइदिन आयोगले आज सरकारलाई पत्राचारसमेत गरेको छ ।

विश्वको जुनसुकै मुलुकमा र जुनसुकै अवस्थामा रहेका भए पनि नेपाली नागरिकको मानव अधिकारको सम्मान तथा संरक्षण गर्नु सरकारको दायित्व भएको आयोगले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस