११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली भू–भागमा भारतीय प्रधानमन्त्रीको घुसपैठ आपत्तिजनक : भीम रावल

अ+ अ-

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई जानकारी नदिईकन नेपाली भू-भागमा प्रवेश गर्न लागेकोमा एमाले नेता तथा पूर्वमन्त्री डा. भीम रावलले कडा आपत्ति जनाएका छन् । सरकार र प्रधानमन्त्रीले यस विषयमा जवाफ दिनुपर्ने उनको माग छ ।

भारतीय प्रधानमन्त्री मोदी आजै बिहान हेलिकोप्टर चढेर आदि कैलाश र पार्वती कुण्डको दर्शन गर्न पुगेका छन् । उनको ट्विटर अकाउन्टबाट पार्वती कुण्डमा दर्शन गरेको फोटो पनि सार्वजनिक भएको छ ।

मोदीले नेपालको सिमानाभित्र रहेको गुञ्जिका सात गाउँमा स्थानीय बासिन्दासँग छलफल गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस विषयमा सरकारले अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएको छैन । स्थानीय प्रशासन पनि बेखबरजस्तै देखिएका छन् ।

एमाले नेता डा. रावल यो निकै संवेदनशील विषय भएको बताए ।

उनी भन्छन्, ‘लिपुलेक, कालापानी लिम्पियाधुरा नेपालको भू-भाग हो । नेपालको नक्सामा नै ती क्षेत्रहरू समेटिएका छन् । त्यहाँ नेपालको जानकारी बेगर भारतीय प्रधानमन्त्रीले भ्रमण गर्नु सामान्य कुरा होइन ।’

नेपाल सरकारले यस विषयमा प्रतिक्रिया दिनुपर्ने रावलले बताए ।

उनी थप्छन्, ‘नेपालका प्रधानमन्त्रीज्यू, परराष्ट्रमन्त्रीज्यू कहाँ हुनुहुन्छ ? नेपाली जनताले सुन्ने गरी उहाँहरूले जवाफ दिनुपर्छ । हामीलाई जानकारी छैन भन्नुजस्तो लाचारी केही हुँदैन । भारतको दिल्लीस्थित राजदूतावास के कामका लागि राखेको हो?’

डा.रावलले यस विषयमा नेपाली राजदूतसँग सोध्न तथा भारतलाई कूटनीतिक नोट दिन सरकारलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस