६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशमा रहेका नेपालीको मतदाता नामावली दर्ता गर्ने कार्यविधिको मस्यौदा सार्वजनिक

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले ‘विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि, २०८०’ को मस्यौदा सार्वजनिक गरेको छ ।

विदेशमा रही मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेका नेपाली नागरिकलाई विदेशबाटै मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रयोजनका लागि सुझाव सङ्कलन गर्ने गरी आयोगले आफ्नो वेबसाइटमार्फत कार्यविधिको मस्यौदा सार्वजनिक गरेको हो ।

मस्यौदामा आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि मुलुक तोकी उक्त मुलुकको सम्बन्धित कूटनीतिक नियोगबाट दर्ता गर्ने केन्द्र तोक्ने व्यवस्था गरेको आयोगले जनाएको छ ।

आयोगका अनुसार दर्ता गर्ने प्रयोजनका लागि दर्ता कर्मचारी तोक्न आयोगले परराष्ट्र मन्त्रालयलाई लेखी पठाउने व्यवस्था राखिएको छ ।

विदेशमा रहेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउन चाहेमा अनलाइन प्रणालीमार्फत फारम भरी जैविक (बायोमेट्रिक) विवरण दिनका लागि आफूलाई पायक पर्ने स्थान र मिति प्रणालीबाट छनोट गर्न सक्ने बताइएको छ ।

जैविक विवरण दिएपछि सम्बन्धित व्यक्तिको स्थायी ठेगानामा नाम दर्ता गरिने व्यवस्था कार्यविधिको मसौदामा रहेको छ ।

यसरी दर्ता भएका व्यक्तिको विवरण अन्तिम मतदाता नामावली प्रकाशन हुने समयमा आयोगमा प्राप्त गरी अद्यावधिकको प्रक्रियामा लाने व्यवस्था रहेको छ ।

कार्यविधिमा मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्न र त्यस्तो विषयमा आवश्यक निर्देशन दिन, समन्वय तथा अनुगमन गर्नका लागि निर्वाचन आयोगका सचिवको संयोजकत्वमा केन्द्रीय समन्वय तथा अनुगमन समिति रहने व्यवस्था गरिएको छ ।

समितिको सदस्यमा आयोगका सहसचिव एवं निर्वाचन व्यवस्थापन महाशाखा प्रमुख, गृह मन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालयका सहसचिव, आयोगकै सूचना प्रविधि शाखा प्रमुख सदस्य रहने व्यवस्था गरिएको छ भने मतदाता नामावली तथा निर्वाचन सञ्चालन शाखा प्रमुख सदस्य–सचिव रहने व्यवस्था छ ।

कार्यविधिको मस्यौदामा रहेका व्यवस्था लगायतका अन्य विषय थप परिमार्जन वा सुधार गर्न सुझाव दिन चाहने विदेश वा स्वदेशमा रहेका नेपाली नागरिक, गैर आवासीय नेपाली सङ्घ तथा अन्य सरोकारवालाले आगामी कार्तिक मसान्त भित्र आयोगको इमेल ठेगानामा राय सुझाव उपलब्ध गराइदिनुहुन सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस