काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र, काँग्रेस, जसपा, एकीकृत समाजवादीलगायतका दलहरूको गठबन्धनबाट माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले दाबी पेस गरेका छन् । आङ्बोले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका हुन् ।
मुख्यमन्त्रीमा दाबी पेस गर्न आङ्बोसहित काँग्रेस प्रदेश सभा संसदीय दलका नेता उद्धव थापा, एकीकृत समाजवादीका राजेन्द्र राईलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
कोशीको मुख्यमन्त्रीमा काँग्रेसको शेखर कोइराला पक्षका केदार कार्कीले पनि दाबी गर्ने तयारी गरेका छन् । कार्कीले एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्न लागेका हुन् ।
कोशी प्रदेशसभामा एमालेका उपसभामुखसहित ४०, काँग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका १ सदस्य छन् ।