१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशी प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्तिको तयारी

अ+ अ-

विराटनगर । कोशी प्रदेशमा आज नयाँ मुख्यमन्त्रीको टुङ्गो लाग्ने सम्भावना छ । मुख्यमन्त्री बन्नका लागि हिजो बिहीबार दुई जनाले दाबी पेस गरेका थिए ।

सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रको कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले दाबी पेस गरेका छन् ।

यसैगरी केन्द्रमा भएको सहमतिप्रति असन्तुष्ट रहेको नेपाली कांग्रेसको शेखर कोइराला पक्षका सभासद् केदार कार्कीले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । उनले कांग्रेसका ८ तथा नेकपा एमालेका ३९ जना सभासद्को समर्थनसहित दाबी पेस गरेका हुन् ।

दाबी पेस भएअनुसार अध्ययन गरी प्रदेश प्रमुख पर्शुराम खापुङले आज नयाँ मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

आङ्बोले माओवादीसहित नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी संसदीय दलका नेताको हस्ताक्षरमा आफूलाई ४७ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

काकीले ४८ जना सांसदको छुट्टाछुट्टै हस्ताक्षरसहित दाबी पेस गरेका छन् । उनलाई एमालेका ३९ जना सांसदको समर्थन छ ।

कार्कीका पक्षमा उनी स्वयंसहित कांग्रेसबाट उदयपुरका सांसद रामकुमार खत्री, इलामका शमशेर राई र गोविन्द गिरी, धनकुटाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू, सुनसरीकी सुनिता गुरुङ र उदयपुरकी लीलाकुमारी राईले सुरुमा हस्ताक्षर गरेका छन् । यसैगरी संसदीय दलका उपनेतासमेत रहेका उदयपुरका हिमाल कार्कीले पनि उनको पक्षमा हस्ताक्षर गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले शुक्रबार ५ बजेसम्मको समय रहेकाले शुक्रबारै नियुक्त गर्ने तयारी भएको बताएका छन् । मुख्यमन्त्रीमा दुई जनाको दाबी पेस भएकाले छलफल भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस