काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशाङ्क कोइरालाले महिलाहरुको सम्मान गरे मात्रै नेपाली काँग्रेसको भलो हुने बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले महिलालाई धेरैभन्दा धेरै अवसर दिनुपर्ने आवश्यकता रहेको बताए।
उनले प्रतिशतको कुरा गरेर महिलाको अपमान गर्नु नहुने बताए। उनले भने, ‘महिलालाई हामीले अवसर दिनुपर्छ। महिलालाई हामीले प्राथमिकता दिनैपर्छ। प्रतिशतको कुरा हुँदैन। प्रतिशतको कुरा गरेर उनीहरुको अपमान गर्नु हुँदैन। उनीहरुलाई प्रतिशत होइन, अवसर दिनुपर्छ। महिलाहरुको सम्मान गरे मात्रै नेपाली काँग्रेसको भलो हुन्छ। जसरी भए पनि हामीले महिलालाई अघि बढाउनै पर्छ।’