९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकारीको बदमासीले जनताका विश्वास गुम्दै गयो : मुख्यमन्त्री शर्मा

अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सहकारीहरुले बदमासी गर्दा जनतामा विश्वास गुम्दै गएकोले सञ्चालकहरुले समयमै ध्यान दिनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

वीरेन्द्रनगरको श्री त्रिपुरेश्वर बचत तथा ऋण सहकारीको साधारण सभालाई सम्बोधन गर्दै उनले सहकारीहरुले जनताको पक्षमा रहेर काम गर्नुपर्ने बताएका हुन् । 

‘समुदायका हितका लागि कार्य गर्नुपर्ने सहकारीले बदमासी गर्दा जनतामा सहकारीप्रतिको धारणा नकारात्मक बन्दै गएको छ,’ उनले भने, ‘सञ्चालकहरुले त्यो अवस्थालाई निराकरण गर्नका लागि ध्यान दिनुपर्छ ।’ राज्य, निजी र सहकारी क्षेत्रका बीचमा सहकार्य गरेर देशको अर्थतन्त्रको सुधार, विकासमा योगदान गर्न सकिने शर्माको भनाइ छ । 

स–सानो छरिएर रहेको पुँजी, वित्तीय साक्षरता र उत्पादनमा लगानी गरेर अर्थतन्त्रको सुधार, विकास, संस्कार र संस्कृतिलाई माथि उठाउन सकिने उनले बताए । त्यसका लागि राज्य सरकार, निजी र सहकारी क्षेत्रलाईसँगै लिएर जानुपर्ने धारणा उनको छ । 

‘गाउँघरमा रहेका सहकारीले समुदायमा सुख र दुखको साथीको रुपमा काम गर्नुपर्छ,’ उनले भने,‘थोरै थोरै बचत गर्दा भएको पुँजीलाई उत्पादन, उद्यमशीलतासँग जोडेर जनताको सुखमा भन्दा अझ बढी दुखपार लगाउने साथी हुनुपर्दछ ।’ 

कर्णाली प्रदेश सरकारले कर्णालीवासीलाई सुखी र खुसी बनाउन आर्थिक सम्पन्नता र समाजिक न्यायलाई प्राथमिकता राखेर मात्र प्रदेशको समग्र समृद्धि पुरा गर्न सकिने भएकाले रोजगारी र समाजिक रूपान्तरणका कार्यक्रम अघि सारेको पनि शर्माले जानकारी गराए । 

प्रतिक्रिया दिनुहोस