८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशी प्रकरणमा देउवा र शेखरलाई बदलिन विश्वप्रकाशको आग्रह

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रकरणमा सभापतिसँगै नेता शेखर कोइरालामाथि प्रश्न उठाएका छन् ।

सभापति शेरबहादुर देउवा र नेता शेखर दुवैको शैलीले पार्टीको हित नगर्ने भन्दै उनले दुवै नेतालाई बदलिन आग्रह गरेका छन् ।

कोशीको गणितीय जटिलता र पहिचानको आन्दोलनलाई सम्बोधन गर्न आफू र अर्का महामन्त्री गगनकुमार थापाले एमालेसहित समाधान खोज्ने, तर गठबन्धन जोगाउने प्रस्ताव राखेको स्मरण गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सहकार्यको संस्कृति पालना गर्न हामीलाई निर्वाचनले नै निर्देशित गरेको स्थिति हो ।’

एक्लै कुन दलले सरकार बनाउन नसक्ने अवस्थामा नेतृत्वले निरन्तर संवाद गर्नुपर्ने उनको भनाइ छ । महामन्त्री शर्माले भनेका छन्, ‘व्यक्ति चयनमा संस्थागत प्रक्रिया न सभापतिले अपनाउनुभयो, न फरक विचार समूहको नेताले

उनले अगाडि लेखेका छन्, ‘थोरै फरक, करिव उस्तै शैलीले पार्टीको हित हुन्न । जमाना बदलिएको छ, अब तपाईँहरू बदलिनुस् ।’ आफूहरू पनि बदलिन तयार रहेको भन्दै उनले भनेका छन्, ‘पार्टीको हित तपाई हामी बदलिनुमा सन्निहित छ ।’

कोशीमा तत्कालीन संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने प्रयास असफल भएपछि देउवाले माओवादीका इन्द्र आङ्बोलाई समर्थन गरेका थिए ।

तर शेखर निकट केदार कार्कीले आफ्ना दलका ८ र एमालेका ३९ प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्री दाबी गरे । उनको पक्षमा बहुमत भएपछि उनी मुख्यमन्त्री नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस