११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महोत्तरी, पर्सा र रौतहटको अधिवेशनमा जुट्न एमाले मधेशको निर्देशन

अ+ अ-

काठमाडौँ। नेकपा एमाले मधेश प्रदेशका नवनिर्वाचित पदाधिकारीको पहिले बैठकले महोत्तरी, पर्सा र रौतहट जिल्ला अधिवेशनको तयारीमा जुट्न निर्देशन दिएको छ ।

प्रथम अधिवेशनबाट सर्वसम्मत निर्वाचित एमाले मधेश प्रदेशका पदाधिकारीले शनिबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए । लगत्तै बसेको पदाधिकारीको बैठकले महोत्तरी, रौतहट र पर्साको जिल्ला अधिवेशन गर्न निर्देशन दिनुका साथै विभिन्न निर्णय गरेको हो ।

महोत्तरीको जिल्ला अधिवेशन मंसिर ७ र ८ गते, रौतहटको जिल्ला अधिवेशन ९ र १० गते र पर्साको जिल्ला अधिवेशन ११ र १२ गते सम्पन्न गर्नका लागि तयारीमा जुट्न सम्बन्धित जिल्ला कमिटीलाई निर्देशन दिने निर्णय गरिएको एमालेले जनाएको छ । 

बैठकले प्रदेश अधिवेशन सम्पन्न गर्नका लागि सहयोग गर्ने पार्टीका नेता कार्यकर्ता, समर्थक, शुभचिन्तक तथा सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्दै विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको उपलक्ष्यमा प्रदेशका सबै पालिका कमिटीहरूले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकबाट निर्वाचित प्रदेश कमिटीका सदस्यहरूको शपथ ग्रहण कार्यक्रम विजया दशमी सम्पन्न भए लगतै गर्ने निर्णय पनि गरिएको छ ।

बैठकले पार्टीका तत्कालीन प्रदेश सचिव डा. कृष्ण पौडेलको निधनले पार्टीलाई अपुरणीय क्षति भएको निष्कर्ष निकाल्दै उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकलाई शक्तिमा बदलेर अगाडि बढ्न पार्टी पङ्क्तिमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस