८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वालिङमा गँड्यौला मल प्रवर्द्धन अभियान

अ+ अ-

वालिङ । स्याङ्जाको वालिङ-८ मारहेको वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले गँड्यौलाको मल प्रवर्द्धन अभियान थालेको छ । सहकारी आफैँले प्लान्ट स्थापना गरी व्यावसायिकरुपमा गँड्यौलापालन थालेको हो ।

सहकारीले गाउँका कृषकलाई पनि गँड्यौला पालनमा प्रेरित गरी अभियानमा सहभागी गराउँदै आएको सहकारीका अध्यक्ष यामबहादुर गुरुङले बताए । वालिङ बजारमा रहेको खेलमैदान नजिकैको जग्गा भाडामा लिएर गँड्यौलाको मल व्यावसायिकरुपमा उत्पादन गर्न थालिएको उनले बताए ।

“गाउँ गाउँमा किसानलाई निःशुल्क गँड्यौलाका साथै गँड्यौला पाल्नका लागि आवश्यक सामग्रीहरू उपलब्ध गराउँदै आएका छौँ”, अध्यक्ष गुरुङले भने, “तालिमपश्चात् सिकेको सीपलाई सदुपयोग गर्दै अहिले गाउँ गाउँमा गँड्यौलापालन भइरहेको छ ।”

सहकारीले प्लान्टबाट उत्पादन भएको गँड्यौला र मल दैनिक स्थानीय कृषि हाटबजारमा बिक्री गर्दै आइरहेको छ । सहकारीले आफूले उत्पादन गरेको मलका साथै किसानले उत्पादन गरेको गँड्यौलाको मल खरिद गर्ने र प्रशोधन गरी बजारीकरण गर्दै आइरहेको उनले बताए । गुरुङका अनुसार सहकारीमार्फत किसानलाई निःशुल्क गँड्यौला, गँड्यौला पाल्ने भाँडो तथा आवश्यक तालिम दिएपछि व्यावसायिक गँड्यौला पालनतर्फ किसानको आकर्षण बढेको हो ।

सहकारीले किसानसँग प्रतिकेजी २० मा खरिद गरेर प्रशोधन गरी प्रतिकेजी ३५ मा बिक्री गरिरहेको सहकारीका उपाध्यक्ष एवं गँड्यौला मल प्रवर्द्धन कार्यक्रमका संयोजक नेत्रप्रसाद सुवेदीले बताए । जैविक मलको तुलनामा बिरुवालाई हुर्कन, बढ्न र आफ्नो जीवनचक्र पूरा गर्नका लागि नभई नहुने १६ किसिमका तत्त्वहरू यस मलमा पाइने उनले दाबी गरे ।

नगरपालिकाले २० लाख र सहकारीले १० लाख लगानी गरी गँड्यौला पाल्नका लागि प्लान्ट निर्माण गरिएको सुवेदीले जानकारी दिए । “सुरुका दिनमा नयाँ भएकाले पनि केही किसानले मात्र गँड्यौलापालन गर्नुभयो”, उनले भने, “अहिले प्लान्ट स्थापना गरी ठूलो परिमाणमा गँड्यौला तथा मल उत्पादन गरेसँगै अन्य किसान पनि आकर्षित हुँदै जानुभएको छ ।” उनका अनुसार प्लान्टका बारेमा बुझ्न तथा अवलोकन गर्न धेरै सङ्घसंस्था तथा व्यक्तिहरू आउने गरेका छन् ।

गँड्यौलाको मललाई रासायनिक मलको विकल्पका रूपमा प्रयोग गर्न थालिएकाले बजारमा यसको माग अत्यधिक रहेको सहकारीले जनाएको छ । किसानले उत्पादन गरेको मल सहकारीमार्फत नै बिक्री हुने गरेकाले बजारीकरणको समस्या नभएको किसानहरू बताउँछन् ।

वालिङ नगरपालिका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी), दियालो संस्थाको आर्थिक सहयोग तथा सहकारीद्वारा सञ्चालित ‘हरित पुनः उत्थान प्रवर्द्धन परियोजना’ अन्तर्गत वालिङका १४ वडाका किसानलाई जैविक कम्पोष्ट मल बनाउन प्रेरित गरिएको सहकारीका प्रबन्धक खेमराज लामिछानेले बताए । खेतबारीमा रासायनिक मल तथा विषादीको प्रयोगमा निरुत्साहित गर्दै लगिने भन्दै सहकारीले गँड्यौलाको मल प्रवर्द्धनात्मक अभियानसँगै रैथाने बाली संरक्षणका लागि काम गर्दै आएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस