७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एभरेष्ट बैंकद्वारा १०० भन्दा बढी चालकहरूलाई वित्तीय साक्षरता तथा क्युआर कोड हस्तान्तरण  

अ+ अ-

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडद्वारा नेपाल अटो तथा इ-रिक्सा यातायात प्रा.लि. तिलोत्तमा रुपन्देहीलाई वित्तीय साक्षरता तथा क्युआर कोड हस्तान्तरण गरेको छ । 

लुम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा-५ मणिग्राम रुपन्देहीमा आयोजित एक विशेष कार्यक्रम बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपाल अटो तथा इ-रिक्सा यातायात प्रा.लि.का ५५ भन्दा बढी सदस्यहरूलाई क्युआर कोड हस्तान्तरण गरे ।  

तिलोत्तमा नगरपालिकाका उप-प्रमुख जागेश्वर देवी चौधरीको प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रममा उप-प्रमुख चौधरीले एभरेष्ट बैंकको यस वित्तीय साक्षरता तथा क्युआर कोड हस्तान्तरण कार्यले सर्वसाधरणहलाई सरल तथा सुरक्षित बैंकिङ्ग सुविधा उपलब्ध हुने कुराको विश्वास व्यक्त गरे भने बैंकका प्रमुख कार्यकारी अधिकृत खलिङले लुम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा-५ मणिग्राम रुपन्देहीका सर्वसाधारणहरू माझ यसरी वित्तीय साक्षरता प्रदान गर्न पाउँदा खुसी लागेको र यसले सम्पूर्ण तिलोत्तमा बसीहरुमा सुरक्षित बैंकिङ्ग गर्न हौसला मिल्ने, नयाँ उद्यम गर्न बैंकले सहयोग गर्ने विश्वास दिलाउनका साथै नेपाल अटो तथा इ-रिक्सा यातायात प्रा.लि.सँग आबद्ध ५५ भन्दा बढी चालकहरूलाई क्युआर कोड हस्तान्तरण गरिएकोमा यसले निजहरूलाई नगद कारोबारबाट झन्झट मुक्त हुने र व्यापार प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरी आगामी दिनमा यस्ता गतिविधिलाई थप प्रोत्साहन तथा निरन्तरता दिने उल्लेख गरे ।  

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर भैरहवाका प्रमुख सतेन्द्र राज सुवेदी तथा एभरेष्ट बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीले १०० जना भन्दा बढी टेम्पो तथा इ-रिक्सा चालक र महिला उद्यमीलाई वित्तीय साक्षरता सचेतना प्रदान गरे । सो वित्तीय साक्षरता सचेतना कार्यक्रम उप्रेतीले स-साना बचतले पनि भविष्यमा आइपर्ने जोखिम व्यवस्थापन गर्न मद्दत पुग्ने कुरा उल्लेख गरे ।  

फोन पे को सहकार्यमा क्युआर कोड हस्तान्तरण गरिएको उक्त कार्यक्रम फोन पे का प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाको समेत उपस्थिति रहेको थियो भने तिलोत्तमा नगरपालिकाका वडा नं. ५ का वडा अध्यक्ष रमेश डुम्रे, नेपाल अटो तथा इ-रिक्सा यातायात प्रा.लि. तिलोत्तमाका सभापति शेषकान्त भुसाल तथा सचिव खड्ग बहादुर के.सी, तिलोत्तमा नगरपालिकाको कार्यालयका आर्थिक विकास तथा प्रमुख कृष्ण प्रसाद पाण्डे लगायत बैंकका डिजिटल विभाग प्रमुख शङ्कर पोखरेल, बैंकका प्रमुख प्रबन्धक हरिस आचार्य, लुम्बिनी प्रदेश प्रमुख लव प्रसाद कुइकेल, मणिग्राम शाखाका शाखा प्रबन्धक विमल भुसाल लगायत अन्य विशिष्ट कर्मचारीको समेत उपस्थिति रहेको थियो ।  

स्थापना काल देखिनै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२७ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व सङ्कलनको लागि ३२ वटा सङ्कलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ । 

प्रतिक्रिया दिनुहोस