१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२७ हजार भन्दा बढी पशुलाई लम्पी स्किनविरुद्ध खोप लगाइयो

अ+ अ-

चितवन । जिल्लामा रहेका २७ हजार चार सय १७ पशुमा लम्पी स्किनविरुद्ध खोप लगाइएको छ ।

तीमध्ये २२ हजार ६ सय ३८ गाई, दुई हजार तीन सय ९९ भैँसी, एक हजार दुई सय ८८ बाच्छाबाच्छी, आठ सय ७२ पाठापाठी र दुई सय २३ गोरुमा खोप लगाइएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत डा. रामचन्द्र आचार्यका अनुसार रोगको सङ्क्रमण देखिन थालेपछि जेठदेखि जिल्लामा खोप लगाउन सुरु गरिएको हो । गत वैशाखमा रोगको सङ्क्रमण देखिएको थियो । लगाइएका खोपमध्ये केन्द्रले आठ हजार दुई हजार ५० खोप उपलब्ध गराएको थियो भने अन्य खोप स्थानीय पालिका एवं कृषकको अग्रसरतामा लगाइएको हो ।

कार्यालयका अनुसार जिल्लामा हालसम्म १२ हजार पाँच सय २३ पशुचौपाय सङ्क्रमित भएका छन् । जसमध्ये गाई ११ हजार तीन सय ७८, गोरु सात सय ९६ र भैँसी तीन सय ४९ रहेका छन् । यस्तै, सङ्क्रमितमध्ये चार सय दुई वटा पशुचौपाय मरेको केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

तथ्याङ्कअनुसार गाई तीन सय ७४ र गोरु २८ मरेका हुन् । सङ्क्रमणमुक्त पशुचौपायमा १२ हजार एक सय चार वटा पशुचौपाय रहेका छन् । जसमा गाई १० हजार नौ सय ८७, गोरु सात सय ६८ र भैँसी तीन सय ४९ वटा सङ्क्रमणमुक्त भएका छन् । यस रोगको सङ्क्रमण अहिले १७ वटा पशुचौपायमा मात्रै रहेको अधिकृत डा. आचार्यले जानकारी दिए ।

गर्मी मौसममा लामखुट्टे, झिँगा लगायतका कारण यो रोगको प्रकोप फैलिने गरेको छ । गाई भैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, मुख, ओठ, र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्‍याल काढ्ने, लिम्फनोडहरू सुक्ने जस्ता लक्षण देखा पर्दछन् ।

यो रोग विशेष गरी सङ्क्रमित लामखुट्टे, झिँगा लगायतको टोकाइबाट सर्ने गर्दछ । सङ्क्रमित गाई वस्तुको ओसारपसार, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ । यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाई भैँसी खरिद गर्ने, गोठलाई झिँगा, लामखुट्टे तथा अन्य किराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकताअनुसार किट विकर्षकको प्रयोग गर्नुपर्ने अधिकृत डा. आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस