२९ चैत्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भादगाउँ सहलगानी खानेपानी आयोजनामा पाइप विच्छ्याइयो

अ+ अ-

तनहुँ । व्यास नगरपालिका-१ स्थित भादगाउँ खानेपानी तथा उपभोक्ता संस्था र नेपाल सरकारको लगानीमा सञ्चालित भादगाउँ सहलगानी खानेपानी आयोजनाको ५२ किमी दूरीमा पाइप विच्छ्याइएको छ ।

व्यास नगरपालिका-१ भादगाउँ र व्यास-१२ का एक टोलमा गरी शाखा लाइनमा खानेपानीको पाइप पच्छ्याउने कार्य गरिएको सो संस्थाले जनाएको छ । आयोजनाको हालसम्म ७० प्रतिशत कार्यप्रगति देखिएको छ । मादी नदी किनारमा पम्प हाउस निर्माण, गार्ड हाउस निर्माण र विद्युत् ट्रान्समिटरलगायत करिब ३० प्रतिशत कार्य बाँकी रहेको छ ।

नेपाल सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानीमा मादी नदी लिफ्ट खानेपानी आयोजनाको निर्माण अघि बढाइएको संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए । विसं २०८० भदौभित्र आयोजना निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको पराजुली कन्स्ट्रक्सनले सम्झौता अनुरूप काम गर्न नसकेकाले छ महिनाको लागि म्याद थप गर्न प्रक्रिया अघि बढाइएको छ ।

उक्त संस्थाले व्यास-४ चुरेखोल्सीस्थित मादी नदी किनारबाट लिफ्ट गरी करिब पाँच किमी लामो दूरीदेखि पानी ल्याएर वडावासीलाई वितरण गर्न लागिएको संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले बताए ।

मादी नदीबाट लिफ्ट गरी ल्याइएको पानी व्यास नगरपालिका-१ को अमिली भञ्याङमा चार लाख लिटर र सोही वडाको भदु्रडाँडामा पचास हजार लिटर क्षमताको गरी दुई वटा रिजर्भ ट्याङ्की निर्माण गरी पानी सङ्कलन पश्चात् वितरण गरिनेछ । विश्व स्वास्थ्य सङ्गठनले नमुना खानेपानी संस्था निर्माणका लागि नेपालको ४२ हजार खानेपानी संस्थामध्ये यो खानेपानी संस्था दस वटा संस्थाभित्र छनोट हुन सफल भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको खानेपानी सम्बन्धी अवधारणा अनुरूप अहिले रु उन्नाइस करोडको लागतमा उक्त आयोजनाको काम भइरहेको संस्थाका कोषाध्यक्ष विष्णुबहादुर बस्नेतले जानकारी दिए।

समितिले ट्याङ्की निर्माणका लागि दुई रोपनी जग्गा खरिद र करिब तीन रोपनी सार्वजनिक जग्गा गरी करिब पाँच रोपनी जग्गा प्रयोगमा ल्याई आवश्यक भौतिक संरचना निर्माण गर्न थालिसकेको छ । समुद्री सतहदेखि करिब सात सय मिटर उचाइमा निर्माण गरिने ट्याङ्कीमा पानी सङ्कलन गरी आम उपभोक्ताको घरघरमा वितरण गर्ने योजना रहेको संस्थाका अध्यक्ष चिजबहादुर दरैले बताए । मादी नदी लिफ्टबाट प्रतिसेकेन्ड २६ लिटर पानीको भार क्षमता रहने बताइएको छ । पानी सङ्कलनका लागि फिल्टर प्लान्ट र मुख्य प्लान्ट निर्माण यसअघि नै सम्पन्न भइसकेको छ ।

विसं २०५६ मा उक्त खानेपानी संस्था स्थापना भई ५२ वटा सार्वजनिक धाराबाट सुरुआत गरेको संस्थाले हालसम्म दुई हजार छ सयभन्दा बढी निजी धारा जडान गरी पानी वितरण गर्दै आएको छ । व्यास नगरपालिका-१३ स्थित करादी खिरखादी मुहानदेखि करिब तेह्र किमी लामो दूरीबाट ल्याइएको पानी हाल साना ठुला गरी तीन वटा योजनाबाट उपभोक्तामाझ संस्थाले खानेपानी आपूर्ति गर्दै आएको छ ।

उक्त संस्थाले हाल प्रतिसेकेन्ड १७ लिटर पानी सङ्कलन गरी व्यास-१ का २५ टोल र व्यास-१२ को १ टोलका उपभोक्तालाई वितरण गर्दै आएको थियो । यस क्षेत्रमा बस्ती विस्तार हुँदै गएको र हालको पानीको स्रोतले धान्न नसकेपछि वैकल्पिक खानेपानीको रूपमा मादी नदी लिफ्टिङ खानेपानी आयोजनाको निर्माणकार्य अघि बढाएको हो । संस्थाले हाल दुई हजार छ सय ८० घरधुरीमा पानी वितरण गर्दा एक्काइस हजार बढी मानिस लाभान्वित हुँदै आएका जनाएको छ ।

प्रतिक्रिया दिनुहोस