८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल विश्व शान्तिका लागि प्रतिबद्ध छ : उपप्रधानमन्त्री खड्का

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल विश्व शान्तिका लागि प्रतिबद्ध रहेको बताएका छन् । संयुक्त राष्ट्र सङ्घ दिवसका अवसरमा नेपाली सेनाले बुधबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले नयाँ चुनौतीहरूको उदयसँगै विश्वव्यापीरूपमा नागरिकहरूको संवेदनशीलता बढेको पनि बताए ।

संयुक्त राष्ट्र संघीय शान्ति स्थापनाको विश्वास र वैधता कायम राख्न नयाँ र जटिल चुनौतीकाबीच कसरी शान्ति सुनिश्चित गर्ने भन्ने विषयमा पुनर्विचार गर्न आवश्यक देखिएको पनि उपप्रधानमन्त्री खड्काले धारणा राखेका थिए ।

काठमाडौँमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री खड्काले नेपाल संयुक्त राष्ट्र सङ्घको बडापत्रको दृष्टिकोण, लक्ष्य र उद्देश्यप्रति प्रतिबद्ध रहेको उल्लेख गरेका थिए ।

संयुक्त राष्ट्र सङ्घ दिवस, २०२३ को उपलक्ष्यमा ‘शान्ति म बाट सुरु हुन्छ’ भन्ने मूल नाराका साथ मनाइँदै छ । उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्र सङ्घको बडापत्रको आदर्श र विश्व शान्तिको महान् उद्देश्य प्रति नेपालको प्रतिबद्धता स्मरण गराएका थिए । उनले भने, ‘संयुक्त राष्ट्र सङ्घको बडापत्र नेपालको परराष्ट्र नीतिको एउटा मार्गदर्शक सिद्धान्त हो । नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा शान्ति र समानताका लागि सदैव जोड दिँदै आएको छ । नेपाल सधैँ विश्व शान्ति र सद्भावका लागि प्रतिबद्ध रहेको छ ।

निःशस्त्रीकरण र विश्वशान्तिलाई बढावा दिने र द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि आह्वान गर्ने अन्तर्राष्ट्रिय सन्धि-सम्झौताहरूमा नेपालका प्रतिबद्धताहरू अभिव्यक्त भएको उल्लेख गर्दै उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापना कार्यमा नेपालले शान्ति सैनिकलाई निरन्तर खटाएर योगदान गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस