७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइएमई र अस्ट्र टेकको बोटिम टेक्नोलोजी बिच डिजिटल रेमिटेन्स सेवा प्रवर्द्धन गर्ने समझदारी 

अ+ अ-

काठमाडौँ । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई  र मध्यपूर्व लगायत १५५ देशहरुमा सन्चालनमा रहेको अस्ट्र टेक द्वारा प्रवर्दित बोटिम अल्ट्रा एप मार्फत नेपालमा रकम पठाउन र डिजिटल रेमिटेन्स सेवा प्रवर्द्धन गर्ने समझदारी भएको छ । 

सम्झौता अनुसार युएईको केन्द्रीय बैङ्कबाट इजाजत पत्र प्राप्त लोकप्रिय बोटिम अल्ट्रा एप मार्फत आइएमईको डिजिटल वालेट आइएमई पे मा सोझै रकम पठाउन सकिने गरि डिजिटल रेमिटेन्सलाई प्रर्वद्धन गर्न दुवै पक्षले सहकार्य गर्ने छन् । 

यस रणनीतिक सहकार्य मार्फत डिजिटल वित्तीय समावेशितालाई थप प्रर्वद्धन गर्दै कारोबारको डिजिटल रुपान्तरणमा ठुलो सहयोग पुग्नुको साथै आइएमईका सेवाग्राहीहरूलाई अत्याधुनिक सूचना प्रविधिमा आधारित वित्तीय सेवा  प्रदान गर्ने आइएमईको उद्देश्य हासिल गर्न सहयोग पुग्ने पनि आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले उल्लेख गरे । अस्ट्र टेकका प्रमुख व्यापार अधिकृत मार्क मिशेलले “आइएमई नेपालसँगको साझेदारीबाट उत्साहित रहेको बताउँदै  वित्तीय सेवालाई  सबैका लागि थप पहुँचयोग्य बनाउन  महत्त्वपूर्ण कदम रहेको उल्लेख गरेका छन् । 

यो रणनीतिक साझेदारी, युएइ र त्यसभन्दा बाहिर समेत  आर्थिक समावेशिता प्रवर्द्धन गर्न केन्द्रित रहेको पनि प्रमुख व्यापार अधिकृत  मिशेलले उल्लेख गरेका छन् । प्रमुख व्यापार अधिकृत  मिशेलले, बोटिम अल्ट्रा एप मार्फत, लाखौं प्रयोगकर्ताहरूको जीवनलाई सरल बनाउन मद्दत गर्ने पहलहरू र सहकार्यहरूतर्फ काम गरिरहेका छौँ, र यो साझेदारी त्यो प्रतिबद्धताको प्रमाण रहेको पनि बताएका छन् ।  

प्रतिक्रिया दिनुहोस