७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हवाइ भाडा घटाउन माग गर्दै ज्ञापन पत्र

अ+ अ-

काठमाडौँ । काठमाडौँ-तुम्लिङटार भाडादर घटाउन  माग गर्दै स्थानीयले बुद्ध एयरको कार्यालयमा ज्ञापन पत्र बुझाएका छन्। निजी क्षेत्रका विमान कम्पनीले पहाडी जिल्लामा दसैँमा पनि उडान थप नगरेको भन्दै खाँदवारिका स्थानीय युवाहरूले ज्ञापनपत्र बुझाएका हुन्।

खाँदवारिका युवाहरूले उडान थप र भाडा दर घटाउन माग गर्दै बुद्ध एयरको तुम्लिङटार कार्यालयमा बुधबार ज्ञापनपत्र बुझाएका खाँदबारी युथ क्लबले जनाएको छ । 

निजी हवाई कम्पनी सेवामूलकभन्दा पनि नाफामूलक भएको आरोप स्थानीयको छ। दसैँ जस्तो चार्डपर्वमा पनि बुद्ध एयरले सेवा नदिई व्यापार गरेको क्लबले जनाएको छ । उनीहरूले नागरिक उड्डयनको कार्यालय तुम्लिङटारलाई समेत ज्ञापन पत्र दिएका थिए। 

बुद्ध एयरको एकलौटी उडान भएका कारण यात्रुहरूसँग मनोमानी ढङ्गले भाडा उठाएको उनीहरूको गुनासो छ। बुद्ध एयरले काठमाडौँ तुम्लिङटार ७२ सिटे जहाजबाट दैनिक उडान भर्दै आएको छ।

२०२८ सालमा स्थापना भएको तुम्लिङटार विमानस्थल ५२ वर्षपछि ७२ सिट क्षमताको ठूलो जहाजले गत जेठ बाट उडान भर्ने थालेको हो।

विश्वकै पाँचौँ अग्लो हिमाल मकालु, अरुण तेस्रो जलविद्युत आयोजना, पर्यटकका लागि छोटो दूरीको उडानका कारण यस अघि जहाजको टिकट पाउन समस्या भएको छ। तुम्लिङटार विमानस्थल धावनमार्गको लम्बाइ एक हजार ४२० मिटर लामो रहेको छ। 

प्रतिक्रिया दिनुहोस