६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सचिव छलेर उपसचिवको सरुवा, निमित्तबाट फेरिए उपत्यकाका प्रमुख प्रशासकीय अधिकृत

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपत्यकाका तीनसहित चार प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको छ । सचिव विनोद प्रकाश सिंह विदेश गएको मौका छोपी मन्त्री अनिता देवीले निमित्त सचिव कमल प्रसाद भट्टराईबाट मङ्गलवार प्रमुख प्रशासकीय अधिकृतको सरुवा गराएकी हुन् । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुशार कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलालाई स्वास्थ्य मन्त्रालयमा सरुवा गर्दै त्यहाँका उपसचिव सागर मिश्रलाई पठाइएको छ । महालक्ष्मीका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रलाल भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गर्दै उनको ठाउँमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका प्रदीप पौडेललाई पठाइएको छ । 

यसैगरी गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवीण कोइरालालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गर्दै उनको ठाउँमा उद्योगका अच्युतराज रेग्मीलाई पठाएको स्रोतले बतायो । 

मन्त्रालयले उपत्यका बाहिर कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेको पनि सरुवा गरेको छ । उनलाई महिला आयोगमा पठाएको छ भने त्यहाँ रिक्त राखिएको छ । 

मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै कर्मचारीको सरुवामा ‘विशेष इच्छा’ जताउँदै आएकी मन्त्रीले साहले सचिवलाई आफूले भनेका कर्मचारीलाई सरुवा गर्न दबाब दिँदै आएकी थिइन् तर सचिवले ‘बिना कारण धेरै कर्मचारीलाई चलाई रहनु हुँदैन हजुर पछि थेग्नै नसकिने समस्या हुन्छ’ भन्दै अति आवश्यक देखिएका पालिकाहरूमा मात्रै व्यवस्थापन गर्ने गरी मिलाउँदै आएका थिए ।  

पछिल्लो केही दिन यता पुनः मन्त्रीले उपत्यकाका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गर्न सचिवलाई दबाब दिएको तर सचिवले पुरानै अडान दोहोर्‍याएसँगै मन्त्रिपरिषद्ले गर्ने सहसचिवको सरुवामा समेत सही नगरी बसेको मन्त्रालयका एक अधिकारीले बताए । ‘मैले भनेको सरुवा नगर्ने भए म पनि किन सहसचिवको सरुवामा साइन गर्ने भनेर मन्त्रीज्यूले सचिवज्यूसँग भन्नु भएको थियो’, मन्त्री सचिवालय स्रोतले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई भन्यो । समस्या भएका पालिकाहरूको समाधान गर्न नसकेर टाउको दुःखी रहेको बेला, विवादरहित ढङ्गले चलिरहेका पालिकाका कर्मचारी चलाएर नदुखेको टाउको किन दुखाउनु भन्दै सचिवले सरुवा धेरै गरिराख्न हुन्न भनेसँगै मन्त्री दाउ खोजेर बसेको र सचिव बाहिर गएको मौका छोपी निमित्त सचिवबाट सरुवा गराएको ती अधिकारीले बताए । 

अहिले सरुवा गरिएका प्रमुख प्रशासकीय अधिकृतहरूको केही दिन अघि नै सरुवा सूची तयार भए पनि सचिव सिंहले दसैँको मुखमा कर्मचारीलाई दुःख दिनु हुँदैन, कुनै समस्या आयो भने गरौला भनेर कार्यक्रममा सहभागी हुन विदेश हिँडेका थिए । मौका यही हो भन्दै निमित्त सचिव भट्टराईबाट मङ्गलवार गुपचुप सरुवा गर्दै आज बिहान मात्रै सरुवा भएका कर्मचारीलाई जानकारी दिइएको सरुवा भएका एक प्रमुख प्रशासकीय अधिकृतले बताए । 

त्यसो त पछिल्लो समय सरुवामा व्यापक पैसाको चलखेल हुने गरेको तथ्य लुकाएर लुक्दैन । उपत्यकाको हकमा त दररेट नै तोकेर मोलमोलाइ हुने गरेको तथ्य स्वयं सरुवा भई जानेहरूबाट नै बाहिरिएको कुरा हो । अहिले पनि मन्त्री सचिवालय सरुवामा व्यापक पैसा उठाइ रहेको स्रोत बताउँछ । ‘मन्त्रीको सचिवालयबाट फोन गएर ‘प्रेसर छ, के गर्ने होला ?’ भनेर बार्गेनिङ गर्न खोजेका थिए तर त्यसपछि भेट्न नगएपछि ‘सर त भेट्नै आउनु भएन’ भन्दै थिए, आज बिहान त सरुवा भयो भनेर पो फोन आयो त !’ एक उपसचिवले भने । 

प्रधानमन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय समन्वय परिषद्को पोखरामा भएको बैठकले दुई वर्ष नपुगी कुनै प्रमुख प्रशासकीय अधिकृतको सरुवा नगर्ने भनिएको धेरै समय भएको छैन । तर वर्ष पनि नपुगी महिनामै सरुवासमेत गर्ने गरिएको छ । 

अहिले सरुवा गरिएका उपत्यकाका तीन प्रमुख प्रशासकीय अधिकृत मध्ये महालक्ष्मी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत ६ महिनामै सरुवा गरिएको छ भने कागेश्वरी मनहरा एक वर्ष पुगेको छ । पछिल्लो सरुवाबारे बुझ्न खोज्दा मन्त्री तथा निमित्त सचिव दुवैले सम्पर्कमा आउन चाहेनन् । 

सामान्यतया: कर्मचारीको सरुवा कि त अवधि पुगेर कि त गल्ती गरेको अवस्थामा गरिन्छ या त कर्मचारीले मागेको र जनप्रतिप्रतिनिधिले खोजेको अवस्थामा हुन्छ तर पछिल्लो समय भने कुनै समस्या नै नभएका पालिकाहरूका प्रमुख प्रशासकीय अधिकृतहरूलाई सरुवा गरेर स्थानीय तहहरूलाई हुँडल्न खोजको प्रष्ट देखिन्छ ।  प्रमुख प्रशासकीय अधिकृत नै नभएर दसैँको मुखमा तलब खुवाउनसमेत नसकेका पालिकाका सबै पदाधिकारी उठेर मन्त्रालयमा आउँदासमेत कर्मचारी नपठाउने मन्त्रीले साहले विवादरहित तवरले काम भइरहेका पालिकालाई चलाएर नदुखेको टाउको दुखाउँदै छिन् । 

प्रतिक्रिया दिनुहोस