६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देवदहमा अन्तर्राष्ट्रियस्तरको विपश्यना ध्यान केन्द्र निर्माण गरिने

अ+ अ-

लुम्बिनी । रुपन्देहीको देवदह नगरपालिकामा अन्तर्राष्ट्रियस्तरको विपश्यना ध्यान केन्द्र निर्माण गरिने भएको छ ।
देवदह नगरपालिका-८ विशाल नगर (टटेरा )मा लुम्बिनी बौद्ध विश्वविद्यालय मातहत रहेको ९० बिघा सरकारी जमिन (वन क्षेत्र)मध्ये पाँच बिघा क्षेत्रफलमा गुरुयोजना अनुसार विपश्यना ध्यान केन्द्रलगायतका संरचना निर्माण गरिने छ ।

धम्मग्राम केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित बुधबार ध्यान केन्द्र निर्माणस्थलमा आयोजित कार्यक्रममा सुखशान्ति विहार शङ्करनगरका भन्ते, लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार डा. तिलक आचार्य, साधक गोपाल पोखरेल, डा. खडानन्द पौडेल, समाजसेवी तुलसीराम बन्जाडेलगायतले बौद्ध विधि र संस्कार अनुसार विपश्यना ध्यान केन्द्रको शिलान्यास गरेका हुन् ।

केन्द्रका पुराना साधक साधिका (१० दिने शिविरमा बसेका)हरुको स्वतःस्फूर्त दान सहयोगबाट ध्यान केन्द्रको निर्माण गरिने छ । गुरुयोजना अनुसार पहिलो चरणमा धम्म हल(ध्यान केन्द्र), आचार्य निवास, महिला र पुरुष (साधक साधिका)का लागि आवासीय सुविधा सहितका दुई वटा भवन, भान्सा र स्नान घर निर्माण गरिने छ ।

शिलान्याश अघि निर्माणस्थलमा साधक साधिका लागि करिब दुई घण्टाको ध्यान शिविर सञ्चालन गरिएको थियो । ध्यान केन्द्रको निर्माण पश्चात् देश विदेशका साधक साधिकाले ध्यान, साधना, योग तथा अध्ययन अनुसन्धान गर्नुका साथै धम्म हलमा विपश्यना ध्यान शिविर सञ्चालन गरिने छ ।

विपश्यना ध्यान शिविर सञ्चालनका लागि पनि कसैसँग शुल्क लिइनेछैन । शिविरको सञ्चालन साधकको स्वेच्छिक दानबाट हुनेछ । धर्मसेवा दिने आचार्य तथा धर्मसेवक सेविकाले समेत पारिश्रमिक लिँदैनन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार डा.तिलक आचार्यले लोपहुँदै गएका संस्कृति र सम्पदाको संरक्षण गर्दै यस क्षेत्रलाई ध्यान, साधना तथा अध्ययन अनुसन्धान केन्द्रको रूपमा विकास गरी देवदहको अलग्गै पहिचान स्थापित गर्ने गरी काम भइरहेको बताए ।

साधक गोपाल पोखरेलले यो क्षेत्रलाई धम्मग्राम र अध्ययन अनुसन्धान केन्द्रको रूपमा विकास गरिने बताए । आजभन्दा लगभग दुई हजार छ सय वर्ष अगाडि गौतम बुद्धले अनुसन्धान गरी आम रूपमा स्थापित गराए विपश्यना ध्यानप्रति मानिसको आकर्षण बढेको भन्दै साधक पोखरेलले ध्यान केन्द्रको निर्माणपछि नयाँ साधक बढ्ने विश्वास व्यक्त गरे ।

विपश्यना राग, द्वेष र मोहबाट विकृत भएको चित्तलाई निर्मल बनाउने साधना भएको साधक डा खडानन्द पौडेलको भनाइ छ । “विपश्यना दैनिक जीवनको समस्या र तनावग्रस्त चित्तलाई तनावमुक्त गर्ने एक सक्रिय अभ्यास हो”, डा. पौडेलले भने, ‘यसको अभ्यासबाट मनलाई वास्तविक शान्ति प्राप्त हुन्छ । यसले चित्तलाई निर्मल बनाउनुका साथै चित्तको व्याकुलता र त्यसको कारणलाई हटाउँदै लैजान्छ ।’

यो साधना विधि दुःखबाट मुक्त हुने सक्षम उपाय भएकाले हिन्दु, जैन, मुस्लिम वा जुनसुकै जातजाति अर्थात् राष्ट्रियता भएकाले पनि अपनाउन सक्ने साधक मेघराज ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनुहोस