७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगारीका लागि विदेश जानेको संख्यामा निरन्तर गिरावट

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्यामा निरन्तर गिरावट देखिएको छ ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को असोज महिनासम्म १ लाख ६२ हजार ६९४ जना नेपाली वैदेशिक रोजगारीका लागि गएका छन् । यो अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ३९ हजार ४९० जनाले कम हो । खासगरी मलेसिया र गल्फ मुलुकमा जाने नेपालीको संख्यामा ठूलो गिरावट आएको छ ।

वैदेशिक रोजगार व्यवसायी सङ्घका अनुसार मलेसिया र गल्फ मुलुकबाट नयाँ डिमान्ड कम आइरहेको छ । समग्रमा विदेश जानेको संख्या कम भएको भन्न नमिले पनि गत वर्षको तुलनामा कम डिमान्ड आउँदा त्यसको प्रभाव यस वर्ष देखिएको सङ्घको भनाई छ ।

विभागको तथ्याङ्क अनुसार यस वर्ष साउनमा ५५ हजार ५७५ जना नेपालीले श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्षको साउनमा ६३ हजार ३९ जनाले श्रम स्वीकृति लिएका थिए । यस वर्ष भदौमा ५० हजार ८८४ जनाले श्रम स्वीकृति लिएका छन् ।

गत वर्ष यो महिनामा ७६ हजार ४०६ जनाले श्रम स्वीकृति लिएका थिए । यस वर्ष असोजमा ५६ हजार २३५ जनाले श्रम स्वीकृति लिएका छन् । गत आवको असोजमा ६२ हजार ७०६ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस