६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दैलेखमा पेट्रोल अन्वेषणका लागि ४५ किलोमिटर ड्रिलिङ सुरु गर्ने तयारी 

अ+ अ-

काठमाडौँ । देशकै आर्थिक अवस्था सुधार हुने आशा गरिएको पेट्रोलियम उत्खननको अन्तिम अन्वेषणको कार्य सुरु हुने भएको छ । अन्तिम ड्रिलिङका लागि आवश्यक पर्ने ४५ रोपनी जग्गाको विवाद मिलेपछि अन्वेषणको काम सुरु हुने भएको हो । दैलेखको भैरवी गाउँपालिका-१ खोली बजारका स्थानीय जग्गा दिन तयार भएसँगै अन्वेषणको काम सुरु गर्ने तयारी थालिएको हो । 

४५ रोपनी जग्गा अतिक्रमण गर्नुपर्ने विषयमा केही समय विवाद भएको थियो । कात्तिक ३ गते जिल्ला प्रशासन कार्यालय दैलेखमा जग्गाधनी, स्थानीय पालिका र जिल्ला प्रशासन कार्यालयबीच सहमति भएपछि अन्य प्राविधिक कामहरू तत्कालै सुरु गरिने भएको छ । 

विवाद समाधानका लागि जिल्लाका निर्वाचित जनप्रतिनिधिहरू, राजनीतिक दल, नागरिक समाज, स्थानीय पालिका र जिल्ला प्रशासन कार्यालयबीच भएका विभिन्न छलफलपश्चात् स्थानीयहरूले जग्गा दिन तयार भएको र लगत्तै अन्वेषणको काम सुरु हुने जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।

सरकारले ऐनमा उल्लेख गरेअनुसारको घर र जग्गाको मुआब्जा दिने भएको छ । योसँगै स्थानीयलाई रोजगारीको पहिलो प्राथमिकता, वासस्थानको व्यवस्थापन, नष्ट हुने बालीनालीको क्षतिपूर्तिलगायतका मागहरू पूरा गरिदिनुपर्ने स्थानीयको माग रहेको छ ।

पेट्रोलियम पदार्थ भेटिएमा दैलेखको मात्र नभई देशको अवस्था सुधार हुन्छ भनेपछि सरकारले भनेअनुसार जग्गा सरकारको नाममा हस्तान्तरण गर्न तयार भएको र स्थानीयले राखेका मागहरू पूरा गरिदिनुपर्ने स्थानीयको भनाइ छ ।

कर्णाली प्रदेशको भविष्य बदल्ने र देशको आर्थिक अवस्था सुधार हुने अन्वेषणको काम जसरी पनि सम्पन्न गर्न भैरवी गाउँपालिकाका जनप्रतिनिधिहरूले जनतासँग सहकार्य गरेको भैरवी गाउँपालिकाका उपाध्यक्ष देवी भण्डारीले बताइन् । केही माग गाउँपालिकाले नै सम्बोधन गर्छ । केही माग प्रदेश र केन्द्र सरकारले सहजीकरण गरिदिनुपर्ने भण्डारीको भनाइ छ ।

दैलेखको भैरवीमा ४.५ किलोमिटर जमिनमुनि ड्रिलिङ गरिने भएको छ । 

प्रतिक्रिया दिनुहोस