६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा जात्रा सम्पन्न

अ+ अ-

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका-२ देहीमाडौँस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती जात्रा सम्पन्न भएको छ । महासप्तमीदेखि सुरु भएको जात्रा आज महाअष्टमीमा राँगा र बोकाको बलिसहित सम्पन्न भएको निङ्गलाशैनी धार्मिक सेवा समितिका कोषाध्यक्ष चक्रबहादुर बोहराले जानकारी दिए। प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा दुई सय राँगा र चार सय बोकाको बलि दिइएको हो ।

निङ्गलाशैनी भगवती मन्दिरमा सुदूरपश्चिमकै सबैभन्दा बढी पशु बलि दिने गरिन्छ । भाकलअनुसार राँगा तथा बोकाको बलि दिने प्रचलन रही आएको छ । निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा टाढा–टाढाका भक्तजन आएका थिए । निङ्गलाशैनी माताको हजारौँ दर्शनार्थीले दर्शन गरेका गरेका जनाइएको छ ।

जात्रामा नेपालका मात्रै नभएर भारतका विभिन्न ठाउँबाट समेत दर्शनार्थी पुगेका स्थानीय दीपेन्द्रबहादुर बोहराले बताए । निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । जात्रालाई मर्यादित र व्यवस्थित बनाउनका लागि देहीमाडौँ क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको दशरथचन्द नगरपालिका-२ का वडा अध्यक्ष सूर्यबहादुर बोहराले बताए ।  

मेलामा शान्ति सुव्यवस्था कायम गर्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी योगेश खत्रीले जानकारी दिए । निङ्गलाशैनी भगवती मन्दिरमा वर्षमा चारपटक पूजाआजा हुने गरेको छ । दसैँको महाष्टमी र चैत्राष्टमीमा लाग्ने जात्रा बलिसहित हुने भए पनि अनन्त चतुर्दशी र मङ्सिर शुक्ल पूर्णिमा दिन लाग्ने मेलामा बलि दिइँदैन ।

प्रतिक्रिया दिनुहोस