काठमाडौँ । काठमाडौँमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजमा नेपाल र युएई खेल्दैछन् । नेपालसँग टस हारेको युएईले पहिले ब्याटिङको निम्तो पाएको छ ।
लिग चरणको अन्तिम खेलमा नेपालले यूएईसँग खेल्न लागेको हो । नेपाल एक खेल अगाडि नै प्रतियोगिताको फाइनल प्रवेश गरिसकेको छ ।
नेपालले अहिलेसम्मका ३ खेलमा तीन वटामै जित निकालेको छ ।