६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केवलकार बनेपछि बढे मौलाकालिका मन्दिरमा भक्तजन 

अ+ अ-

काठमाडौँ । गैँडाकोटमा रहेको मौलाकालिका मन्दिरमा  भक्तजनको भीड लागेको छ। दशैँको नवदुर्गा सुरु भएदेखि भक्तजन आउने क्रम बढ्दै गएको हो । गत वर्षभन्दा यस वर्ष भक्तजनको सख्या ३३ प्रतिशतले बढेको मौलाकालिका मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ। 

सप्तमी, अष्टमी र महानवमीको तीन दिनमा करिव ६० हजार भक्तजनले दर्शन गरेको मौलाकालिका अनुगमन तथा मूल्याङ्कन समितिका संयोजक काशिनाथ कंडेलले जानकारी दिए । मौलाकालिकामा स्थापना कालदेखि नै भक्तजनको आकर्षण छ।

कँडेलका अनुसार अघिल्ला वर्षको दशैँमा ४० हजारको हाराहारीमा भक्तजन मन्दिर दर्शन गर्न आउने गरेका थिए।

मन्दिरमा केवलकार, मोटरबाटो र गोरेटो बाटोबाट जान सकिन्छ । सडक मार्ग र केवलकार बनेपछि भक्तजनलाई आउन जान सहज भएको उनले बताए।धार्मिक सेवा समिति मौलालिकाले भक्तजनको भिड बढेपछि व्यवस्थापनलाई समेत विशेष बनाएको छ । अपाङ्ग, ज्येष्ठ नागरिकलाई दर्शनका लागि छुट्टै व्यवस्थापन गरेको धार्मिक सेवा समिति मौला कालिकाका अध्यक्ष शालिग्राम सापकोटाले जानकारी दिए। 

सुरक्षा समिति, आर्थिक समिति, व्यवस्थापन समिति लगायतका विभिन्न समिति निर्माण गरेर भक्तजनहरूको व्यवस्थापन गरिएको उनले बताए।  

करिब पाँच सय वर्ष पहिले तत्कालीन पाल्पा राज्यका सैनिक टुकुटीले मौला राखेर शक्तिपिठको पूजा गर्ने भएकाले मन्दिरको नाम मौलाकालिका राखिएको किंवदन्ती छ।करिब २० वर्षयता मात्रै मन्दिरमा भौतिक संरचनाको विकास गरेर भक्तजन भित्र्याउन थालिएको हो । मौलाकालिका मन्दिरमा दर्शन र पूजा गर्नाले मानोकाङक्षा पूरा हुने जनविश्वास रहिआएको छ। 

मौलाकालिकामा सप्तमीको दिन फुलपाति भित्राइएको थियो। अष्टमीमा पञ्चवलि भित्र्याउने काम भएको र महानवमीको दिन विर्शजन कार्य भएको अध्यक्ष सापकोटाले जानकारी दिए।

त्यस बाहेक विभिन्न अनुष्ठाता काम दैनिक हुने गरेको उनले जानकारी दिए।उनको अनुभवमा अघिल्ला बर्षभन्दा मौलाकालिकामा भक्तजनहरूको बढी आउने गरेका छन्।पूर्वाधार निर्माण लगायतका कामहरू बढ्दै गएपछि भक्तजनको आकर्षण बढेको उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस