६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘संस्कृतिले सभ्य समाज निर्माण गर्न प्रेरित गर्छ’ : शङ्कर पोखरेल

अ+ अ-

देउखुरी (दाङ) । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले संस्कृतिले सभ्य समाज निर्माण गर्न प्रेरित गर्ने बताएका छन् । बडा दसैँ, शुभ दीपावली, छठ एवं नेपाल संवतका अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-१९ मा रहेको नयाँ पाइला पुनः स्थापना केन्द्रले आज आयोजना गरेको कार्यक्रममा उनले नेपाली संस्कृति र संस्कारले समाजलाई जोड्ने काम गरेको बताएका हुन् ।

संस्कृतिका नाममा फैलिएका विकृतिलाई युवा पुस्ताले हटाउँदै जानुपर्ने बताउँदै महासचिव पोखरेलले नेपालमा सीमाका कारण लागूपदार्थ दुर्व्यसनी बढ्दो क्रममा रहेकाले नेपाल सरकारले नियन्त्रणमा विशेष सावधानीपूर्वक अभियान नै थाल्नुपर्ने बताए। समाजमा बढ्दो दुर्व्यसनी हटाउनका लागि गृह मन्त्रालयको मात्रै पहलकदमी अपुग हुने भएकाले विद्यालय तहबाटै सचेतना अनिवार्य रहेको बताए। 

महासचिव पोखरेलले पछिल्लो समयमा घर परिवारका अभिभावकहरू कार्य व्यस्तताका कारण बालबालिकाको चासो नदेखाएका कारण दुर्व्यसनीको समस्या थप विकराल बन्दै गएकाले अभिभावकहरूले चासो बढाउनुपर्ने बताए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले पालिकाकारतर्फबाट लागूपदार्थ दुर्व्यसनी सचेतनाको कार्यक्रम बढाए पनि विद्यालय तहसम्म नै नपुग्दा प्रभावकारी बन्न नसकेको बताए । उनले प्रहरी सक्रियता र अभिभावक शिक्षा अनिवार्य रहेको बताए । 

प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख रामबहादुर केसीले युवा जनशक्ति लागु पदार्थ दुर्व्यसनीमा बढिरहेकाले यसको नियन्त्रणको सबैको सहयोग, चासो अपरिहार्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस