७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज दसैं : मान्यजनबाट टीका र जमरा लगाइँदै, शुभ साइत बिहान ११ः२ बजे

अ+ अ-

काठमाडौँ । आज (मंगलवार) आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरूको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदै छ ।

नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी ठुलाबडा र एवम् मान्यजनबाट टीका र जमरा लगाइँदै छ । दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजा आराधना विधिपूर्वक आज विसर्जन गरी मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । विजयादशमीको टीकाको शुभ साइत बिहान ११ः२ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । देवी विसर्जन १० बजेट ३७ मिनेटमा रहेको छ ।

साइत खोज्नेका लागि शुभ साइतको समय तोकिए पनि दिनभर नै टीका लगाउन हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नौ दिनसम्म देवीको पूजा गरेर देवीको प्रसाद मान्यजनबाट ग्रहण गर्ने गरिन्छ ।

दसैँ पर्व हिन्दु सनातन धर्मालम्बीहरुको महान् पर्व मानिन्छ । शक्ति उपासना गर्नका लागि र शक्ति आराधनाका लागि यो पर्व उत्तम मानिन्छ । कार्यकारी निर्देशक ढुङ्गेलका अनुसार सामाजिक सद्भाव प्राप्त गर्न धार्मिक दृष्टिकोणले दसैँ पर्वको महत्त्व रहेको छ ।

दसैँमा घटस्थापनादेखि नवदुर्गा स्थापना गरेर नित्य पाठ र पूजा गर्ने गरिन्छ । विना शक्ति समाजमा कसैको पनि अस्तित्व नरहने भएकाले दसैँ पर्व सांस्कृतिक दृष्टिकोणले शक्ति आर्जन गर्नको लागि अति उत्तम मानिने ढुङ्गेलले बताए । यसैको आधारमा दसैँ पर्व मनाउनले र शक्तिको उपासना गर्ने र दुर्गा भवानीको पूजा गर्ने गरिन्छ ।

टीका लगाउँदा पूर्व फर्केर लगाउनु पर्ने हुन्छ। दक्षिणको चन्द्रमा हुने भएकाले पूर्व तर्फ फर्किदा दाहिने चन्द्रमा हुन्छ । दाहिने चन्द्रमा पारेर टीका ग्रहण गर्नु राम्रो मानिन्छ ।

मीठो खाने, राम्रो लगाउने तथा पारिवारिक भेटघाट गरिने र स्नेह एवम् सद्भाव अभिवृद्धि गर्ने पर्वका रूपमा दश दिनसम्म मनाइन दसैँ पर्व धार्मिक मात्र नभएर सामाजिक–सांस्कृतिक पर्वका रूपमा समेत महत्त्वपूर्ण मानिन्छ ।

असत्यमाथि सत्यको विजयका रूपमा मनाइने यो पर्व मर्यादा पुरुषोत्तम श्रीरामले आसुरी शक्तिको प्रतीक रावणमाथि विजय प्राप्त गरेको अथवा शक्तिस्वरुपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी विजय श्री प्राप्त गरेको पुनीत सम्झनामा मनाउने गरिन्छ । कृषिका औजार अन्नबालीको पूजा गर्ने परम्पराका रूपमा पनि दसैँलाई लिइन्छ

प्रतिक्रिया दिनुहोस