काठमाडौँ । बाग्लुङमा रुख ढलेर बिजुलीको पोलमा क्षति पुगेपछि विद्युत् आपूर्ति बन्द भएको छ ।
हिजो राति गलकोट नगरपालिका-६ जामुनडाँडामा रुख ढलेर बिजुली पोलमा क्षति पुगेको हो ।
बागलुङ-गलकोट-बुर्तिवाङ ३३ केभी प्रसारण लाइनको पोल ढलेर तार असरल्ल भएको छ ।
बिजुली बत्ती नहुँदा बाग्लुङका ४ वटा पालिका गल्कोट नगरपालिका, ताराखोला, बडीगाड र ढोरपाटन नगरपालिकाका बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका हुन् ।
बिजुली नहुँदा मोबाइल सेवा, सञ्चारमाध्यम तथा अरु दैनिक कार्यमा समेत समस्या भोग्नु परेको छ ।
आजै नियमित बिजुली आपूर्ति गर्ने गरी प्राविधिक खटाएको विद्युत् वितरण केन्द्र बाग्लुङले जानकारी दिएको छ ।