७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रचण्ड, ओली र माधवले लगाएनन् टीका

अ+ अ-

काठमाडौँ । यतिखेर सबैतिर दसैँको रमझम छ । संघीय राजधानी काठमाडौँलगायत देशका विभिन्न स्थानमा रहेका सर्वसाधारण थातथलो फर्किने क्रम जारी नै छ ।

मान्यजनको हातबाट टीका र जमरा लाउन नेतादेखि सर्वसाधारण आफ्नो घरमा जम्मा भएका छन् । उनीहरूले मान्यजनको हातबाट टीका र जमरा लगाएका छन् ।

यस वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित कतिपय शीर्ष नेताले भने विजयादशमीको टीका लगाएनन् ।

प्रधानमन्त्री एवम् सत्तारुढ नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी सचिवालयका अनुसार तीन महिनाअघि पत्नी सीता दाहालको निधन भएका कारण यस पटक प्रधानमन्त्रीको परिवारमा दसैँ छैन ।

प्रधानमन्त्री ‘प्रचण्ड’को सचिवालयका अनुसार प्रधानमन्त्री ‘प्रचण्ड’ले यस पटक पारिवारिक भेटघाट मात्र गर्नेछन् ।

‘प्रचण्ड’ले गत वर्ष आफूले टीका नलगाए पनि परिवारका सदस्यलाई लगाइदिएका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यसपालि विजयादशमीको टीका लगाएका छैनन्।

ठुलीआमाको यसै वर्ष निधन भएकाले ओलीको परिवारमा टीका टालो नलगाएको सचिवालयले जनाएको छ । आफूले टीका नलगाएपछि उनले कार्यकर्तालाई पनि टीका लगाउने छैनन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि यस वर्ष टीका लगाएका छैनन् ।

सात महिनाअघि नेता नेपालका भाइ सरोजकुमार उपाध्यायको निधन भएका कारण नेपालले यस पटक टीका नलगाएका हुन् ।

पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले परिवारमै टीका टालो गरेका छन् र त्यसपछि निवासमै बसेर नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने तालिका रहेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस