१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपाधिका लागि नेपाल र युएई भिड्ने

अ+ अ-

काठमाडौँ । युएई काठमाडौँमा जारी त्रिकोणात्मक टी-२० श्रृंखलाको फाइनलमा प्रवेश गरेको छ । हङकङसँग फराकिलो हारका बाबजुद रनरेटका आधारमा युएईले फाइनलमा स्थान बनाएको हो ।

यसअघि चारवटै खेलमा अविजित रहेर नेपाल फाइनलमा पुगिसकेको छ । अब उपाधिका लागि नेपाल र  युएई शुक्रबार भिड्नेछन् ।

यसअघि समूह चरणमा हङकङलाई युएईले ६ विकेटले पराजित गरेको थियो । आजको म्याचअघि युएईको रनरेट ०.००५ थियो भने हङकङको रनरेट-२.६८८ थियो । रनरेट कमजोर भएकाले फाइनल प्रवेशका लागि आज हङकङलाई युएईविरुद्ध फराकिलो जित चाहिन्थ्यो । हङकङले ६९ रनको ठुलै मार्जिनले जित्यो, तर त्यो पर्याप्त भएन । त्यसैले जितका बाबजुद हङकङ खेलाडी पराजित मनस्थितिमा र हारका बाबजुद यूएई टीम विजयी मनस्थितमा थिए ।

हङकङले आज टस जितेर ब्याटिङ रोजेको थियो र विशाल स्कोर खडा गर्न पनि सफल भएको थियो । ओपनर मार्टिन कोयट्जिले ५५ बलमा ८६ रन बनाउँदै हङकङको इनिङ सम्हालेका थिए भने चौथो नम्बरमा आएका बाबर हायातले विस्फोटक इनिङ खेल्दै २० बलमा ५ छक्का र ५ चौकाको मद्दतमा ६० रन ठोके । हङकङले निर्धारित २० ओभरमा ३ विकेट मात्र गुमाएर २१२ रन बनायो । २१३ रनको विजयी लक्ष्य युएईका लागि चुनौतीपूर्ण थियो । त्यसमाथि १९ रनमै तीन विकेट गएपछि यूएई सङ्कटमा देखियो । त्यसपछि उसले लक्ष्य पछ्याउने भन्दा पनि फाइनलका लागि हङकङभन्दा राम्रो रनरेट कायम गर्ने लक्ष्यसहित ब्याटिङ शैलीमा परिमार्जन गर्‍यो । ब्याट्सम्यानहरूले ठूला सट नहानिकन क्रिजमा टिकेर खेल्नेमा जोड दिए ।

युएईले ७० रनमा चौथो विकेटका रूपमा खालिद साहलाई गुमायो । त्यसपछि फेरि हङकङको आशा जाग्यो । तर, बासिल हमिद र निलांस केशवानीले धैर्यपूर्वक ब्याटिङ गरे । युएईले हङकङको भन्दा राम्रो रनरेट कायम गर्नका लागि २० ओभरमा ४ विकेट क्षति हुँदा १३५ रन जोडनुपर्ने थियो । दुवै ब्याट्सम्यानले सिङ्गल र डबल लिँदै उक्त लक्ष्यतर्फ अघि बढे । वास्तविक लक्ष्य धेरै टाढा भए पनि फाइनल प्रवेशको दौडका कारण खेल रोमाञ्चक बन्यो ।

युएईलाई अन्तिम ओभरमा ४ रन चाहिएको थियो भने हङकङलाई एक विकेट । तर, हङकङले विकेट लिन सकेन । यूएई झिनो अन्तरले रनरेटमा हङकङलाई पछि पार्दै फाइनलमा प्रवेश गरेको छ । फाइनलमा युएईलाई समूह चरणमा नेपालबाट व्यहोरेका दुईवटा हारको बदला लिने मौका छ ।

प्रतिक्रिया दिनुहोस